टर्की सुन खानी पहिरो प्रकरण : ८ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । पूर्वी टर्कीको सुन खानीमा पहिरो जानमा जिम्मेवार भएको आशंमा ८ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुन खानीको डम्प-लिचिङ क्षेत्रमा मंगलवार पहिरो गएको थियो ।

सो पहिरोमा ९ जना कामदारहरु बेपत्ता भएका छन् । सो आरोपमा बुधवार ७ र बिहीवार एक गरी आठ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका संदिग्धहरूमा कम्पनीका व्यवस्थापकीय र प्रशासनिक पदमा रहेका कर्मचारीहरू पनि रहेका छन् ।

कोप्लर सुन खानी क्षेत्रमा भूमिगत फसेका मजदुरहरुको खोजी तथा उद्धार कार्य जारी छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले पहिरोमा फसेका कामदारहरू खानीबाट निकालिएको, माटोको ढिस्को समावेश भएको १० मिलियन घन मिटरको आयतन मुनि रहेको र उक्त माटो करिव ८०० मिटर सरेको बताउनु भयो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?