
काठमाडौं । नेपाल स्रष्टा समाजको सञ्चालन तथा व्यवस्थापन रहने गरी ‘रेखा-पवन स्रष्टा सम्मान’को स्थापना गरिएको छ । जसमा सम्मान पत्रसहित नगद राशि एक लाख १११ रुपैयाँ प्रदान गरिने जनाइएको छ ।
साहित्यकार पवन आलोक र उहाँकी धर्मपत्नी रेखा कँडेलका नाममा छोराछोरी विमला कँडेल, रीता कँडेल, सुनील कँडेल, अनिता कँडेल र बुहारी माला कटुवाल कँडेलद्वारा स्थापित उक्त सम्मानको सञ्चालनका लागि हाललाई १५ लाख रुपैयाँको अक्षय कोषको व्यवस्था गरिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलनमा साहित्यकार आलोककी छोरी रीता कँडेलले आफूहरूले राष्ट्रिय वाणिज्य बैंकमा अक्षय कोषको स्थापना गरेको जानकारी दिँदै सम्मानको सम्पूर्ण व्यवस्थापन र सञ्चालन स्रष्टा समाजमा निहित रहने बताउनुभयो । उहाँले यो सम्मान आउँदो वर्ष २०८१ को फागुन २४ गतेदेखि समर्पण गरिने जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच