
काठमाडौं । यही फागुन २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘काँडेतार’ निर्माण टिमले देशभरको सीमामा काँडेतार लगाउनुपर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकारसमेत रहनुभएका नवल खड्काले सञ्चालन गरेको अभियानमा रत्नपार्कमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।
उहाँले ‘काँडेतार’को विशेष शो गर्दा देशभरका विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र थप संकलन गरिएको बताउनुभयो । संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने उहाँले जानकारी गराउनुभयो । खड्काको अभिनय र निर्देशन रहेको यो चलचित्रमा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय छ । सामना फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गर्नुभएको हो ।
मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गर्नुभएको हो । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई, नादिया खड्का र सनया खड्का हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच