काठमाडौं । वर्षा राउत अभिनित चलचित्र ‘महाजात्रा’ सिनेमाघरमा आउने तयारीमा छ । थुप्रै चलचित्रमा अभिनय गर्नुभएकी राहत चलचित्र ‘महाजात्रा’का कारण यतिबेला चर्चामा हुनुहुन्छ । ‘महाजात्रा’ हिट चलचित्र ‘जात्रा’को तेस्रो सिक्वेल हो । पहिलो र दोस्रो झैं तेस्रो सिक्वेलमा पनि राउतले विपिन कार्कीको अपोजिटमा निरन्तरता पाउनुभएको छ ।
‘जात्रा’ र ‘जात्रै जात्रा’मा वर्षाले सम्पदा नामक चरित्र निर्वाह गर्नुभएको थियो । अहिलेको ‘महाजात्रा’मा पनि उहाँको चरित्र त्यही हो । सम्पदा एउटा असल र इमानदार महिलाको भूमिका भएकाले आफूले निरन्तरता दिएको राउत बताउनुहुन्छ ।
‘महाजात्रा’मा अझैँ संघर्षशील गृहिणी बनेकी छु । परिवारमा छोरी थपिएसँगै अहिले अरूको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मिहिनेत गर्ने गृहिणी बनेकी छु’, राउतले भन्नुभयो, ‘परिवारका लागि संघर्ष गरिरहेकी महिला हो सम्पदा ।’ चलचित्रमा उहाँको जोडी अभिनेता विपिन कार्की (फणीन्द्र) बन्नुभएको छ । विपिनसँग उहाँले ‘जात्रा’मा प्रेम विवाह गर्नुभएको थियो । सम्पदा फणीन्द्रको इमानदारीताले आकर्षित गरेको चलचित्रमा प्रेम विवाह भएको उहाँले बताउनुभयो । पहिलो सिक्वेलमा प्रेमीका, दोस्रोमा श्रीमती र अहिलेको ‘महाजात्रा’ श्रीमतीमै भूमिका देखिँदै हुनुहुन्छ ।
‘महाजात्रा’को विषयमा अहिलेसम्म बाहिर धेरै कुरो आएको छ । कतिले पैसाको संघर्ष भनेका छन्, भने कतिले नेताको कालो कर्तुत । वर्षा भने एउटा पारिवारिक र सामाजिक चलचित्र रहेको बताउनुहुन्छ । ‘हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ‘महाजात्रा’मा । यहाँ परिवार, मित्रता र समाजको जात्रा छ । भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिंगो नेपालको प्रतिनिधित्व गर्छ’, उहाँले भन्नुभयो, ‘यो स-परिवार हेर्नुपर्ने चलचित्र हो ।’
‘महाजात्रा’मा वर्षा र विपिनका रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुनुहुन्छ । प्रदीप भट्टराईको निर्देशन रहेको यो चलचित्र आउँदो चैत ९ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच