
- बद्रीप्रसाद दाहाल
आँखा तिम्रा कमलसरिका मुुस्कुुराई फुलेका ।
भाकाभित्रै मधुर मुरली सर्सराई खुलेका ।।
चुम्छन् झुम्छन् तनभर अहा ! दिव्य वैशाख चारु ।
होली छर्दै कमल नयनी मुस्कुराएर आऊ ।। १।।
वासन्तीमा विटप लहरा पत्रले बात मार्छन् ।
झर्ना झर्दैै सरगम भरी स्निग्ध संगीत नार्छन् ।।
नाच्दै डुल्छन् भ्रमर वनमा कोइलीकण्ठ जादुु ।
चम्पाबेली शिरभर भरी मुस्कुराए आऊ ।।२ ।।
बोकी चीसो हिम पवनले, बाँड्न थाले सुगन्ध ।
चोली रङ्गी वदनभरि नै मुुस्कुुरायो वसन्त ।।
तिम्रा काला नयन डिलमा बस्न पाऊँ रमाई ।
सारङ्गीका मधुर धुनमा नाचिद्यौ मुस्कुराई ।।३ ।।
मेट्द्यौ तिर्खा उभय दिलका न्याउली भन्न थाले ।
रङ्गीचङ्गी, नव रङ अहा ! पुष्पमा झुल्न थाले ।।
ताता राता गजल कविता प्रेयसी गुन्गुनाऊ ।
वीणा बन्दै, मधुर लयमा, मुस्कुराएर आऊ ।।४।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच