काठमाडाैं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित चार राजनीतिक दलका शीर्ष नेतासँग छलफल गनुहुने भएको छ । सभामुख घिमिरेले बिहान साढे १० बजे नेताहरूलाई आफ्नो कार्यकक्ष सिंहदरवारमा बोलाएर छलफल गर्न लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
घिमिरेले छलफलका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतलाई बोलाउनु भएको छ ।
प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएकाले त्यसअघि संसदको गतिरोध अन्त्यको प्रयासका लागि सभामुखले छलफल गर्न लाग्नु भएको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग उठाउँदै आएको छ ।
कांग्रेसले आगामी बैठक अघि छानबिन समिति नबने बैठक चल्न नदिने यसअघि नै चेतावनी दिइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच