ढाका । बंगलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागू नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले कृषि, चिकित्सा विज्ञान, अन्तरिक्ष अन्वेषण, जलवायु परिवर्तन र रोजगारी सृजनाका क्षेत्रमा एआई प्रयोग गर्न आग्रह गर्नुभयो ।
हसनले सोमबार भियनामा आयोजित ‘हृयुम्यानिटी एट द क्रसरोड : अटोनोमस वेपन्स सिस्टम्स एण्ड द च्यालेन्ज अफ रेगुलेसन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त धारणा राख्नुभएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विदेशमन्त्रीले स्वायत्त हतियार प्रणालीलाई प्रभावकारी रूपमा नियमन गर्न विश्वव्यापी मापदण्डहरू तय गर्न पनि सुझाव दिनुभयो । साथै मानवताको हितका लागि स्वायत्त हतियारलगायत कुनै पनि नयाँ हतियार त्याग्न सबैलाई आग्रह गर्नुभयो । गाजाको अनिश्चित अवस्थामाथि प्रकाश पार्दै उहाँले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व र तनावको नयाँ मोर्चा खोल्न चेतावनी पनि दिनुभयो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच