काठमाडौं । साविक विजेता एपिएफले ललितपुर मेयर्स कप राष्ट्रिय महिला ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै फाइनल यात्रा पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार एपिएफले ललितपुर मेयर्स-११ माथि आठ विकेटको रबाफिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । पाँच टोली सहभागी यस प्रतियोगिताको लिगमा शीर्ष दुई टोलीले फाइनलमा खेल्ने तय छ ।
एपिएफ लगातार तेस्रो खेलसम्म अपराजित रहँदै फाइनलमा पुग्न सफल भयो । ललितपुर मेयर्स-११ को हारसँगै एक खेल अगावै फाइनलमा पुग्न एपिएफका लागि पर्याप्त भएको छ । दुई खेलमा अपराजित रहँदा सुदूरपश्चिमको चार अंक छ भने समान तीन खेलबाट ललितपुर मेयर्स-११ र वागमती प्रदेशको दुई अंक छ । कोशी प्रदेशले तीन खेलमा एक खेल पनि जित्न सकेको छैन ।
बुधवार वागमती प्रदेशसँग आठ विकेटले पराजित भएसँगै कोशीको फाइनल सम्भावना समाप्त भएको हो । वागतीको भने यो जितले फाइनल सम्भावना जीवन्त रहृयो । १३ औं ओभरमा छोट्याइएको खेलमा कोशीले ६४ रनको सामान्य लक्ष्य दियो । जवाफमा वागमतीले ११.२ ओभरमा नै मात्र दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । वागमतीको जितमा ओपनर यशु पाण्डेले सर्वाधिक २६ रन जोड्नुभयो । उहाँले २३ बलमा पाँच चौका हिर्काउनुभयो । कञ्चन श्रेष्ठ र खुशी डंगोलले समान ११ रनमा अविजित रहँदै जित दिलाउनुभयो ।
कप्तान अप्सरी बेगम र हिरणमयी रोयले समान एक विकेट लिँदै किफायती बलिङ गरे पनि कोसीको हार टार्न सक्नुभएन । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीको प्रदर्शन सुखद् रहेन । कोशीले ६ विकेटको क्षतिमा ६३ रन मात्र बनाउन सक्यो । कप्तान अप्सरीबाहेक कुनैपनि ब्याटर टिक्नै सकेनन् । पाँच ब्याटर दोहोरो अंकको रन जोड्न असफल भए । ओपनर अप्सरीले ३८ बलमा ३५ रन बनाउनुभयो । उहाँको इनिङमा दुई चौका र एक छक्का रहृयो । बलर सबनम राईले ७ बलमा ८ रन जोड्नुभयो । यो नै दोस्रो ठूलो व्यक्तिगत स्कोर रहृयो ।
वागमतीको बलिङमा खुसी डंगोल र मनीषा उपाध्यायले समान दुई विकेट लिँदै कसिलो बलिङ गर्नुभयो । त्यसअघि दिनको पहिलो खेलमा एपिएफकी कप्तान सीता रानामगरले अलराउण्डर प्रदर्शन गर्दै तेस्रो जित दिलाउनुभयो । उहाँले ५० रनको अर्धशतकसँगै एक विकेट पनि लिनुभयो । ललितपुर मेयर्स-११ ले दिएको ७२ रनको लक्ष्य पछ्याएको एपिएफले ९.५ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो । ओपनरद्वय सीताले ५० रन र ममता चौधरीले १६ रन जोड्नुभयो । यी दुईले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै जित नजिक पु¥याउनुभएको थियो ।
दशौं ओभरमा कृतिका मरासिनीले दुवैलाई आउट गर्नुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले निर्धारित २० ओभर नै खेले पनि पाँच विकेटको क्षतिमा ७१ रन मात्र जोड्न सक्यो । कप्तान तथा ओपनर पूजा महतोले २४ रन र मोत्सनिका मरासिनीले २१ रन जोड्नुभयो । त्यसबाहेक कुनै पनि ब्याटर दोहोरो अंकमा रन जोड्न असफल भए । एपिएफको बलिङमा रेखा रावल र कप्तान सीताले समान एक विकेट लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच