
काठमाडौं । कृषिलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । कृषि सूचना तथा प्रशिक्षण केन्द्र र खाद्य तथा कृषि संगठन (एफएओ) को संयुक्त आयोजनामा राष्ट्रिय डिजिटल कृषि रणनीति र कार्ययोजनासम्बन्धी मंगलबार भएको कार्यक्रममा उनीहरूले यस्तो जोड दिएका हुन् ।
कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाशकुमार सन्जेलले पछिल्लो समय कृषिमा जनशक्ति अभाव हुँदै गएको अवस्थामा प्रविधिमैत्री कृषि बनाउन सके उत्पादन र उत्पादकत्वमा समेत सुधार गर्न सकिने बताउनुभयो । पराम्परागत प्रणालीबाट गर्दै आएको कृषि प्रविधिमैत्रीमा रूपान्तरण गर्दा आर्थिकरूपमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो । साथै सञ्जालले देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये करिब १७ लाख कृषक घरधुरीलाई विद्युतीय प्रणालीमा सूचीकृत गरिएको जानकारी दिँदै आगामी वर्षमा करिब १८ लाख कृषक घरधुरी उक्त प्रणालीमा सूचीकृत गर्ने सरकारी लक्ष्य रहेको बताउनुभयो ।
कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन स्थानीय तहले समेत भूमिका खेल्नुपर्नेमा जोड दिँदै उहाँले स्थानीय किसानको तथ्यांक संकलन गरेर उनीहरूको उत्पादनमा वृद्धि गराउन विभिन्न तालिम दिनुपर्ने बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटी अर्यालले देशको अर्थतन्त्र बलियो बनाउन कृषिको भूमिका रहेकाले कृषि र जनशक्तिदेखि प्रविधिमैत्री बनाउन मन्त्रालयले विभिन्न योजना बनाएको र केही कार्यान्वयनमा समेत ल्याएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच