
काठमाडौं । बबिना भट्टराईको स्वरमा रहेको गीत ‘तिम्ले छोडी’ सार्वजनिक भएको छ । लक्ष्मीप्रसाद मिश्रको शब्द, बबिनाकै संगीत र बलराम समालको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियो कन्सेप्ट र निर्देशन झल्को कृएसनको रहेको छ । भिडियो बबिनालाई केन्द्रमा राखेर मेहेफिल शैलीमा बनाइएको छ । गीतमा प्रेम भावमा देखाइने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ । यो गीतलाई नेपालको पहिलो चारु गीत भनेर चर्चा गरिएको छ ।
गजलको ढाँचा अवलम्बन गरी गजल कै शैलीमा कुनै छन्द या लयमा बहेर लेखिने रचना चारु रहेको डा.देवी पन्थीको तर्क छ । र, यो गजलको विकल्पमा गजल शुद्धीकरणका निम्ति प्रयोगमा ल्याइएको स्वतन्त्र विधा हो भनिएको छ । यही भावमा नेपालकै पहिलो भन्दै बबिनाले गीत सार्वजनिक गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच