काठमाडौं । ‘वल्र्ड अक्वाटिक्स डे’ का अवसरमा नेपाल पौडी संघले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल पौडी संघले जनाएको छ । संघका सचिव गंगालाल गोलेका अनुसार ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा उद्घाटन तथा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा समापन हुने सचिव गोलेले बताउनुभयो ।
विभिन्न उमेर समूह र खुला गरी ६५ वटा विधाहरूमा खेलाइने उक्त पौडी प्रतियोगितामा सबैभन्दा कम उमेरका आठ वर्षमुनिको उमेर समूहमा ६ वर्षका खेलाडीको पनि सहभागिता रहनेछ । संघले खेलाडीहरूको सहजताका लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरिएसँगै विगतको प्रतियोगितामा भन्दा यो प्रतियोगितामा उल्लेख्य खेलाडीहरूको सहभागिता रहेको संघले जनाएको छ ।
संघको गत वैशाख ८ गते सम्पन्न अधिवेशनपश्चात् निर्वाचित नयाँ कार्यसमितिले आयोजना गर्न लागेको प्रथम प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिताले नेपालमा पौडी खेलाडीहरूको आकर्षणको केन्द्रमात्र हैन यसको विकास र विस्तारमा हामीलाई थप जिम्मेवार बनाएको संघका अध्यक्ष जगत्मान श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच