सृजना अर्याल
यही वर्षको पहिलो महिना वैशाखको अन्तिम दिन ३१ गते प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास गरे । त्यस शिलान्यास लाई लिएर विभिन्न खाले टीकाटिप्पणी पनि उब्जिए । विभिन्न खाले प्रतिक्रियाले पुल शिलान्यासको विषयले सामाजिक सञ्जालदेखि चिया पसल र चोकहरूमा चर्चा-परिचर्चा नै चल्यो । त्यसको परिणामको पर्खाइमा पनि वर्तमानसम्म उक्त विषयले चर्चा पाहिरहेको छ ।
शास्त्रीय प्रमाण :
ज्योतिषीय मान्यता अनुसार शुक्रअस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म पनि विभिन्न धार्मिक क्रियाकलाप गर्नुहुँदैन । धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् । हामीले गरिने नियमित पूजा, पाठ दशैँ, तिहार, अनवरत रुपमा गर्दै आएको कार्यमात्र हर्नु हुन्छ भन्ने धर्म शास्त्रीय प्रमाण छ । विशेष विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन आदि कार्य भने गर्नु हुँदैन । नित्यकर्मर्मा पर्ने पूजापाठ, जप–हवन, तर्पण, नित्य दान आदि हुनु भने नैमित्तिक कर्ममा न्वारन, पास्नी, श्राद्ध, मासिक आदि गर्नु हुन्छ ।
विशेषतः हिन्दु धर्मअनुसार देवताका गुरु बृहस्पति हुन् भने दैत्यका गुरु शुक्राचार्य नै हुन् । हिन्दु धर्म अनुसार प्रत्येक वर्ष प्रायः शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछन् । घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ भने घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै शुक्र अस्त हो भन्ने ज्योतिषीय र शास्त्रीय प्रमाण पनि यही हो भन्नुहुन्छ वाल्मीकि विद्यापीका प्राध्यापक तोयराज नेपाल ।
वृहस्पति र शुक्र अस्त भएका बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जाने, देव प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दीक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न शास्त्रले बर्जित गरेको छ ।
विशेषतया काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरू जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् । प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् । वृहस्पति र शुक्रअस्त भएका बेलामा पोखरी इनार खन्न, मन्दिर बनाउन, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थ यात्रामा जाने, देव प्रतिष्ठा गर्न, कान छेदन गर्न, व्रतबन्ध, विवाह गर्न, दीक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न शास्त्रले बर्जित गरेको बताउनुहुन्छ पुरोहित पण्डित तोयानाथ कोइराला । साथै बगैँचा कुवाको निर्माण, गृहारम्भ, चान्द्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन, विद्यारम्भ संस्कार, कहिल्लै नगरिएको देवताको दर्शन, अग्नि होत्र, सप्ताह पुराण, देव स्थापन, प्राण प्रतिष्ठा, संन्याश ग्रहण, राजाको दर्शन, यात्रा, विशेष परीक्षा, नयाँ पुल सुरु गर्नु, राजाभिषेक आदि कर्मलाई शास्त्रले निषेध गरेको छ ।
शास्त्रले बर्जित गरेका कार्यहरू गरेमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणि पीयूषधारा टीकामा उल्लेख गरिएको छ । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदै आएका व्रत उपासना पनि रोकिँदैनन् ।
शास्त्र र राज्य :
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बनाउन लागिएको सो पुल जुन देशकै मध्यभागमा पर्छ । देशको महत्वपूर्ण महानगर भरतपुर महानगरपालिका र गैँडाकोट जेड्ने नारायणी नदीमाथि बन्ने यस पुल नेपालको पूर्व र पश्चिमलाई जोड्ने पुल हो । २०३८ सालमा निर्माण भएको पुलको विकल्पको रूपमा वर्तमान आर्किटेकको अत्यन्त आर्कषक, प्रभावकारी यस नमुना पुल शिलान्यास माथि टिप्पणी उठ्नुका राजनीतिक कारणभन्दा ज्योतिषशास्त्रीय कारण बढी छन् । पुल शिलान्यासको तिथिमितिका साथै अवस्थाको समेत विरोध गरिएको थियो ।
पुरानो भइसकेको स्थानमा नयाँ पुल बनाउन लाग्नु अत्यन्त सकारात्मक विषय हो । नेपालकै पहिलो सिग्नेचर पुलको निर्माण प्रक्रियाका लागि शिलान्यास गरिँदा किन विरोध भयो त ? विरोधको कारण पुल शिलान्यासको तिथिमिति थियो र होे । त्यो समयमा पुल शिलान्यास गर्दा शुक्र र वृहस्पति दुवै ग्रह अस्त भएका थिए । महिनाको अन्तिम दिन मासान्तरमा पनि कुनै यस्ता शुभ कार्य गर्न नहुने शास्त्रमा र धार्मिक गुरुहरूले बताउँदै आउनु भएको छ । त्यस शिलान्यास कार्यमा कर्ता र स्वयं पण्डितले पनि चप्पल नै लगाएको बारे पनि सर्वत्र टिप्पणी भएको थियो । कार्य धार्मिक, शैलीपाश्चात्य । यस सम्बन्धका विषयमा धेरै व्याक्तिहरूले प्रतक्ष्य–अप्रत्य हालको सामाजिक सञ्जालमा खुलेरै विरोध जनाउनु भयो छ । ज्योतिषी गोविन्द शास्त्रीले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै शुक्रास्तको समयमा गर्ने नहुने कार्यको फेरहिस्त लेख्नु भएको थियो ।
वर्तमान सरकारका लागि गत ७९ साल मंसिर ४ गते शुक्रअस्त नै थियो । यही समयमा संघीय र प्रदेशकोे निवार्चन निर्वाचन भएको थियो । शुक्रअस्त भएकाले नै होकि राज्य सञ्चालनमा विभिन्न बाधाहरू आइरहेका छन् ।
शुक्रास्तको समयमा गर्ने नहुने कार्य मध्ये अति संवेदनशील कार्य जो राष्ट्रको महत्वपूर्ण कार्यको थालनी मसान्त वर्षान्त शुक्रास्तमा बर्जित कार्य गर्नु आमजनता र हिन्दुमाथिको कू प्रहार भन्नुहुन्छ स्थानीय ज्योतिषी गोविन्द शास्त्री । अरू शुभ समय पनि आउथ्यो नि ¤ सल्लाहाकार पनि कस्ता रहेछन्’, भन्दै शिलान्यासमा जुत्ताचपल लगाएको तस्वीर पनि सार्वजनिक भयो । शिलान्यास गर्नै नहुने समय, त्यसमा पनि वैदिक कार्यको मन्त्र उचारण गर्दा पण्डित स्वंयले चप्पल लगाउनु कुन आस्ता हो, के जायज हो ? यसले धर्ममा आस्था राख्ने हामीलाई सबैलाई थप लज्जित त बनायो तर कुन संकारबाट पुरोहित्याइँमा लाग्नुभयो स्वयं उहाँका लागि यस्ता विषय सोचनीयमात्र अब रहेनन् धर्ममाथि नै वितिष्णा गराउने कार्य किन भयो ? पोरोहित संघले यस विषयमा किन आजसम्म मौन छ ?
यस सम्बन्धमा दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका उपसभापति सुरेश चन्द्र रिजालले पनि आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ, ‘अनिष्ट निम्त्याउने देखावटी र देखासिखी कर्मकाण्ड । राजनीतिक संस्कार हरायो जुत्ताचप्पल लगाएरै पूजा भन्ने हुन्छ ।’ शुक्र अस्तका बेला वैदिक विधिका साथ पुलको शिलान्यास पण्डित स्वयंले गराउनुलाई पण्डित जगतप्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । समाजको पथप्रर्थशक ले नै जहिले जे पनि गर्दा धर्मसंस्कारप्रति नै अविश्वास हुनेमा धार्मिक अगुवाहरूले चिन्ता प्रकट गरे । पण्डितबाट नै शुक्रअस्तका बेला कुनै कार्य नहुनुपर्ने पुरोहित समाज चितवनका उपाध्यक्ष हरिभक्त उपाध्याय बताउनु हुन्छ । यज्ञ यज्ञादिको परिणाम शाशक वर्गका साथै जनतालाई पनि हानी पुग्नेछ । यस्तो शास्त्रीय नियमको ख्याल नगरी गरिने कुनै पनि कार्य गर्ने व्याक्तिका साथै त्यसको उपयोग गर्ने सबैलाई हानी-नोक्सानी जानकारहरूको भनाइ रहेको छ ।
त्यसो त वर्तमान सरकारका लागि गत ७९ साल मंसिर ४ गते शुक्रअस्त नै थियो । यही समयमा संघीय र प्रदेशकोे निवार्चन निर्वाचन भएको थियो । शुक्रअस्त भएकाले नै होकि राज्य सञ्चालनमा विभिन्न बाधाहरू आइरहेका छन् । ज्योतिषार्चायहरूको मत रहेको छ । पूर्वीय दर्शनमा हरेक समय, काल, तिथीहरूको वैज्ञानिकता र महत्व उजागर गरिएको हुन्छ । विश्वको पहिलो भाषाका रूपमा रहेको सस्कृत भाषामा आधारित पूर्वीय दर्शनका यस्ता महत्वपूर्ण आधारहरूलाई व्यवास्था गर्न नहुने पनि यस्ता घटनाले बताउँछ । यस्ता घटनालाई संयोगमात्र नठानी सदीयौदेखि यस्ता प्रसंगहरूको प्रमाणिकताको ख्याल वर्तमानमा पनि गरिनुपर्ने शास्त्रका ज्ञाताहरू बताउनु हुन्छ । हाम्रा शास्त्रीय प्रमाण र उक्तिलाई पनि आत्मसाथ सबैले हामी सबैको भलोका लागि नै हो । नयाँ सरकार निमार्णका क्रममा पनि यस्तो आधारहरूलाई ख्याल गर्ने हो भन्ने सरकारले आफ्नो कार्य कुशलतापूर्वक जनता अनकुल गर्ने वातावरण मिल्ने ज्योतिषविद्धहरूको मत पाहिन्छ ।
शस्त्रको धर्म शास्त्रीय मान्यता र वर्तमान सरकार कतै त्यही शुक्रअस्तसँगै अस्ताएको होइन । निर्वाचनका बेला एउटा दलसँग गठबन्धन गरेर निर्वाचन जित्ने अनि सरकार चै अर्कै दलसँग गठबन्धन गरेर बनाउने माओवादीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको स्वरूपमा शुक्रअस्तमा एउटा र शुक्र उदयमा अर्कै भइरहेको हुन्छ । त्यसैको परिणाम नै पो होकि नेपाली राजनीति । शुक्र अस्तमा कांग्रेसँग गठबन्धन गरेर निर्वाचन जितेका प्रचण्ड शुक्र उदयमा नेकपा एमालेसँग सत्ता गठबन्धन गर्दै प्रधानमन्त्री बन्न पुगे ।
शान्ति प्रक्रियमा आएदेखि प्रचण्डको राजनीतिक छवि शुक्रअस्त र उदय जस्तै गरी वितिरहेको छ । विगतको समयमा बनाएको छवि, अस्ताएको शुक्र र बृहस्पतिमा उदाएका प्रचण्ड अन्ततः संघीय सरकारबाट अस्ताउँदै गर्दा सातवटा प्रदेशबाटै विलय हुने भए । नेपाली उखानमा चरितार्थ नै छ ‘खोलो तरो लौरो बिर्सियो’ भनिन्छ । नेपाली राजनीति आजका दिनसम्म हेर्दै र बुझ्दै जाँदा यही उखानमा चरितार्थ बन्दै आएको छ । धर्म, संकार र रीतिरिवाजलागाया हाम्रा सम्पदा अमूल्य सम्पति हुन् । यी र यस्ता विषयमा पनि राजनीतिक दल र सरकारबाट चासो तथा विषय केन्द्रित बन्न सके हाम्रो धर्म र मर्ममा अपमान हुने थिएन कि ? ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच