काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २११औं भानुजयन्ती विशेष कार्यक्रमका साथ सम्पन्न भयोे । भानुप्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धी विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरीसहित भानुजयन्ती मनाउँदै आएको छ । यस सन्दर्भमा यस प्रतिष्ठानले काठमाडौंमा दुई स्रष्टालाई रथारोहणसहित अभिनन्दन गर्नुका साथै नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्रभातफेरी र श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियोे । समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको थियोे । उहाँले आदिकवि भानुभक्तकै योगदानका कारण नेपाली भाषा विश्वव्यापी महत्वको भाषा बन्दै गएको विचार राख्नुभएको थियोे ।
सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा-प्रतिष्ठानले ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जमर्को गरिरहेको बताउनुभएको थियोे । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा प्रतिष्ठानले दशकौंदेखि भानु प्रतिष्ठानसँग सहकार्य गर्दै आएको र सोहीको निरन्तरताका रूपमा २११औं भानु जयन्ती समारोह मनाइएको बताउनुभएको थियोे । भानु प्रतिष्ठानका तर्फबाट डा. रमेश शुभेच्छुले भानु प्रतिष्ठानको इतिहास र गरेका कामहरूको जानकारी दिनुभएको थियोे । शुभेच्छुले नेपालका सातै प्रदेशका राजधानीमा प्रतिष्ठानका प्रदेश समन्वय समितिले पनि यस्ता कार्यक्रम गरिरहेको जानकारी दिनुभएको थियो ।
उहाँँले भानुभक्तका नाममा राजधानीमा संग्रहालय हुनु आवश्यक रहेको जिकिरसमेत गर्नुभएको थियो । उहाँको यस कार्ययोजनामा आफूले १००००१ (अक्षरेपी एक लाख एक) सहयोग गर्ने कुरा वरिष्ठ साहित्यकार प्राडा.नोबलकिशोर राईले सम्मानित प्रतिभाको मन्तव्यका क्रममा बताउनुभएको थियोे । राईले भानु प्रतिष्ठानले आफूलाई सम्मान गरेर भानुभक्त प्रतिको श्रद्धाका साथै नेपाली भाषाका लागि थप काम गर्ने अभिप्रेरणा जागृत भएको बताउनुभएको थियोे । त्यस्तै सम्मानित प्रतिभा साहित्यकार माया ठकुरीले सम्मानित भएकामा खुशी व्यक्त गर्दै यो नेपाली नारीहरूको पनि सम्मान भएको बताउनुभएको थियोे । सो समारोहमा डा.राई र ठकुरीलाई रथारोहण गराई नगर परिक्रमा गराउनका साथै अभिनन्दनपत्र प्रदान गरिएको थियो । उहाँहरूमा समर्पण गरिने विशेष अभिनन्दन पत्र उषा भट्ट र दुर्गा नेपालले वाचन गर्नुभएको थियो ।
समारोहमा भानु प्रतिष्ठानका तर्फबाट २०१०औं भानुजयन्तीका सन्दर्भमा गतवर्ष उत्कृष्ट झाँकीसहित सहभागी विद्यालयमध्ये प्रथम हुने सूर्योदय सेकेण्डरी स्कुल, द्वितीय हुने क्याम्ब्रिज पब्लिक स्कुल, काठमाडौं र तृतीय हुने ग्लोबल स्कुल एण्ड कलेज, काठमाडौंका साथै प्रोत्साहन स्थानमा अन्नपूर्ण मा.वि., काठमाडौं र कान्तिभैरव गुरुकुल, काठमाडौंलाई पुरस्कृत गरिएको थियोे । प्रमुख अतिथिले विद्यालयका प्रतिनिधिलाई पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियोे भने भानु प्रतिष्ठानबाट पत्रे रामायण र भानुभक्तको तस्वीर सभाध्यक्ष डा.लम्सालले प्रदान गर्नुभएको थियो ।
यस वर्ष विभिन्न २० विद्यालय र्यालीमा सहभागी भएका थिए । तीमध्ये निर्णायक मण्डलले प्रथम स्थानमा अन्नपूर्ण मा.वि कान्तिपथ, द्वितीय हुने सूर्योदय मा.वि घट्टेकुलो, तृतीय कान्ती भैरव गुरुकुल गोकर्ण, चतुर्थ ग्लोबल पब्लिक स्कुल र ज्ञानदीप शिक्षा सदन भएको निर्णय घोषणा गरेको थियोे । ती विद्यालयलाई आगामी २१२औं भानुजयन्ती समारोहमा पुरस्कृत गरिने जानकारी प्रतिष्ठानका उपाध्यक्ष ऋषभ घिमिरेले गराउनुभएको थियोे ।
ट्राफिक प्रहरीको भ्यानसहित नेपाली सेनाको नौमती बाजा नेपाली सेनाको बग्गी (बग्गीमा भानुभक्तको तस्वीर र सम्मानित साहित्यकारहरू), नेपाल प्रहरीको ब्याण्ड बाजा गुरुज्यूको पल्टनको बाजासहित नेपाल प्रज्ञा-प्रतिष्ठान र भानु प्रतिष्ठान काठमाडौंको संयुक्त नामांकित मूल ब्यानरसहित शोभायात्रा गरिएको थयो । शोभायात्रामा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, विभिन्न विद्यालयका विद्यार्थीहरू संलग्न भएका थिए । प्रभातफेरी कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमका सभाध्यक्ष एवं भानु प्रतिष्ठानका अध्यक्ष नवराज लम्सालले सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच