काठमाडौं । भारतीय पर्यटकले मुक्तिनाथ विकास बैंकको क्युआरमार्फत् भुक्तानी गर्न पाउने भएका छन् । बैंकले डिजिटल भुक्तानी विस्तार गर्ने क्रममा अन्तर्राष्ट्रिय क्युआर भुक्तानी सेवा सुरु गरेको हो । बैंकले भुक्तानी सेवा सञ्चालक फोनपेसँगको सहकार्यमा यस्तो सेवा सुरु गरेको जनाएको छ ।
भारतीय ग्राहकले भिम र फोन-पेलगायतका भारतीय भुक्तानी सेवा प्रदायकका माध्यमबाट मुक्तिनाथ विकास बैंकअन्तर्गतका मर्चेन्टमा राखिएको क्युआर कोड स्क्यान गरी डिजिटल रूपमा रकम भुक्तानी गर्न सक्नेछन् ।
यस प्रकारका सेवाले भारतीय पर्यटकलाई नगद बोक्ने झन्झट नभई दुई देशबीचको आर्थिक तथा पारस्परिक सम्बन्ध अझ सुदृढ बनाई नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको अपेक्षा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच