काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी रकम तत्काल उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग अर्थ मन्त्रालयमा भेट गरी उहाँले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा गलत सन्देश गएको स्वीकार गर्दै विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग परामर्श गरी अबिलम्ब भुक्तान गर्ने विषयमा आफूले छलफल गरिसकेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सरकार र निर्माण व्यवसायी एकै डुंगाका यात्री हुन्, त्यसैले दुवै पक्ष सहकार्य गरी अघि बढ्नुको विकल्प छैन ।’
निर्माण व्यवसायीका अन्य समस्या पनि क्रमशः सम्बोधन हुने जानकारी गराउँदै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले पनि तोकिएको रकममा समयमै गुणस्तरीय कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । निर्माण व्यवसायी नै मुलुकको विकासका अभियन्ता भएकाले सरकारलाई भरोसा गरी आत्मगौरवका साथ कार्य गर्न उहाँले आग्रह गर्नुभयो । मुलुकको व्यवस्था फेरिए पनि अवस्था नफरिएको भन्दै उहाँले आफू समस्या देखाउने नभई समस्या समाधान गर्ने हिसाबले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासंघ अध्यक्ष रवि सिंहले अर्थमन्त्रीसमक्ष निर्माण उद्योगलाई पनि कृषि तथा जलस्रोत क्षेत्रझैं सहुलियत दिन आग्रह गर्नुभयो । महासंघ प्रतिनिधिमण्डलले शुक्रबार नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटी निर्माण उद्योगमा देखिएको भुक्तानीलगायतका समस्याबारे जानकारी गराएको छ । सो अवसरमा मन्त्री दाहालले ‘लो बिडिङ’ का कारण निर्माण उद्योगमा धेरै जटिलता देखिएको भन्दै कानुन संशोधन गरेर भए पनि लो बिडिङ समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकमा हुने विकास निर्माणका हरेक काममा स्वदेशी व्यवसायीलाई नै प्राथमिकता दिने व्यवस्था राज्यले गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच