
‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ शीर्षकको पुस्तक अहिले मेरा हातमा छ । यो धनविक्रम सिंहद्वारा लेखिएको पुस्तक हो । यसलाई ‘विचारमूलक लेखहरूको सङ्ग्रह’ भनिएको छ । यस अर्थमा यो गैरसाहित्यिक पुस्तक हो । धनविक्रम सिंह लेखक हुनुहुन्छ । विभिन्न पत्रपत्रिकामा बेलाबेलामा प्रकाशित भएका उहाँका लेखहरूको सङ्ग्रहका रूपमा यो पुस्तक आएको छ । पुस्तक डिएमआई साइजमा छ । सुन्दर स्वदेश पब्लिकेसन, काठमाडौं प्रकाशक रहेको पुस्तकको यो प्रथम संस्करण हो जुन २०८१ साल असारमा प्रकाशित भएको छ । अर्थात् यसको प्रकाशन हालैमात्र भएको हो । सर्वाधिकार लेखक आफैँमा रहेको यो पुस्तक १००० को सङ्ख्यामा प्रकाशित भएको छ ।
पहेंलो हलुका कागतको प्रयोग भएको यस पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू त्यति भेटिँदैनन् । भूमिका खण्डमा २४ र पाठ्य खण्डमा ३३६ गरी कूल ३६० पृष्ठको यस पुस्तकको मूल्य ५५० रुपैयाँ छ । सहारा प्रिन्ट कनेक्सन डिल्लीबजार काठमाडौंमा मुद्रण भएको यस पुस्तकको लेआउट सुमन कार्कीको छ । पुस्तकको आवरण आकर्षक रहेको पाइन्छ । बैजनी रङको पृष्ठभूमिमा बीचमा नेपालको नक्सा रहेको छ भने माथि ठूला अक्षरमा पुस्तकको नाम छ र तल साना अक्षरमा लेखकको नाम छ । पृष्ठभूमिमा मधुरो गरी लोकतन्त्रका लागि आन्दोलनमा उत्रिएकाहरूको जुलुस देखाइएको छ ।
विभिन्न लेखहरूबाट उहाँको बहुविविध क्षेत्रमा कलम चलाउन सक्ने सामथ्र्य देखिन आउँछ । उहाँले आफ्नो अवकाश प्राप्त जागिरे जीवनलाई लेखनका माध्यमबाट भरपूर सदुपयोग गर्नुभएको देखिन्छ । धेरैले खेलबाड र खानपानमा निवृत्त जीवनको समय बिताउने गरेको सन्दर्भमा उहाँले भने लेखन कार्यमा समय सदुपयोग गर्दै आउनु भएको पाइन्छ ।
पृष्ठ आवरणमा लेखकको फोटो र उहाँबारेको केही जानकारी दिइएको छ । जसअनुसार गङ्गाबहादुर सिंह र विश्वराजदेवी सिंहका छोरा धनविक्रम सिंहले बिएल तथा पब्लिक एड्मिनिस्ट्रेसनमा मास्टर्स गरेको, नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त हुनुभएको भन्ने जानकारी पाइन्छ । मीना राणा सिंह उहाँकी श्रीमतीको नाम हो भन्ने जानकारी यहाँबाट प्राप्त हुन्छ । उहाँका यस पहिले ‘अन्तरनिहित अन्तध्र्वनि’ र ‘पारू’ दुई पुस्तक प्रकाशित भइसकेको जानकारी यहाँबाट पाउन सकिन्छ । तल प्रकाशक संस्था सुन्दर स्वदेश पब्लिकेसनको नाम र लोगो दिइएको छ ।
भूमिका खण्डको सुरुमा यो पुस्तक उहाँले आफ्ना स्वर्गीय मातापितामा समर्पण गर्नुभएको छ । त्यसपछि प्रकाशकीय छ । त्यसपछि प्रा.पुरुषोत्तम दाहालको ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर अनुभवको विचार सँगालो’, शम्भु कोइरालाको ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ? का लागि शुभकामना !’ विनोद दाहाल वत्सको ‘धनविक्रम सिंहलाई शुभकामना !’ र लेखकीय रहेका छन् । त्यसपछि विषय सूची छ । विषय सूचीबाट जानकारी भएअनुसार यस पुस्तकमा उहाँका विभिन्न विषयक्षेत्रसँग सम्बन्धित लेख छन् ।
सुरुमा प्राकृतिक प्रकोपसम्बन्धी छवटा लेख छन् । यहाँ कोरोनाको कहर, सचेततासम्बन्धी र अन्य प्राकृतिक प्रकोपबारेका सचेततामूलक लेख छन् । त्यसपछि ४० वटा लेखहरू राजनीतिक विषयमा केन्द्रित रहेर लेखिएका छन् । यस पुस्तकको मूल उद्देश्य नै राजनीतिक विचार प्रवाह गर्नुरहेको हुँदा यस विषयमा केन्द्रित रहेर लेखिएका लेख बढी हुनु स्वाभाविक नै हो । त्यसपछि अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी दुईवटा, अर्थतन्त्रसम्बन्धी तीनवटा, धर्मसंस्कृति, दर्शन तथा अध्यात्मसम्बन्धी तीनवटा, सामाजिक जनजीवनसम्बन्धी पाँचवटा र शिक्षासम्बन्धी एउटा लेखहरू समेटिएका छन् । यी लेखहरू बेलाबेलामा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् र अधिकांश चाहिँ हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित भइसकेका लेखहरूलाई समेटिएको पाइन्छ ।
यी विभिन्न लेखहरूबाट उहाँको बहुविविध क्षेत्रमा कलम चलाउन सक्ने सामथ्र्य देखिन आउँछ । उहाँले आफ्नो अवकाश प्राप्त जागिरे जीवनलाई लेखनका माध्यमबाट भरपूर सदुपयोग गर्नुभएको देखिन्छ । धेरैले खेलबाड र खानपानमा निवृत्त जीवनको समय बिताउने गरेको सन्दर्भमा उहाँले भने कृति राख्ने र ज्ञान प्रवाह गर्ने जुन काम गर्नुभएको छ त्यो ज्यादै सराहनीय छ । यस पुस्तकका लागि लेखक धनविक्रम सिंहलाई धेरै धेरै बधाई र पुस्तकको सफलताको शुभकामना । यसका साथै उहाँबाट यस्ता अरू पनि पुस्तकहरू लेखिऊन्, त्यसका लागि पनि अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच