काठमाडौं । नेपाल फ्रेट फरवाड्र्स एसोसिएसनले नेपालको व्यापार लजिस्टिक लागत २० प्रतिशतभन्दा धेरै रहेको भन्दै लागत घटाउन आग्रह गरेको छ । ३०औँ कार्गो डेका अवसरका सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एसोसिएसनका अध्यक्ष मनोज अधिकारीले लागत घटाउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।
उहाँले मल्टीमोडल ट्रान्सपोर्ट ऐन तथा नियमावलीमा समयानुकूल संशोधन गर्नुपर्ने, भारतको जलमार्गको प्रयोग गरेर लाभ लिनुपर्ने, निर्यातका क्रममा यहीँकै व्यवसायीले खरिदकर्तातर्फबाट बिमा, लागत तिरिदिन सक्ने गरेर सिआइएफ (कस्ट, इन्सुरेन्स एण्ड फ्राइट) र आयातका क्रममा पनि त्यस्तो व्यवस्थापन नेपाली व्यवसायीले गर्न सक्ने गरेर फ्रि अन बोर्ड (एफओबी) लगाउने व्यवस्थामा जानुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापारमा रहेको कृत्रिम अवरोध हटाउन सके व्यापार बढ्न सक्ने बताउनुभयो भने नेपाल चेम्बर्स एण्ड कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले व्यापारका क्रममा तीन खर्ब रुपैयाँ लजिस्टिक लागतका रूपमा ढुवानीका लागि मात्रै पर्ने गरेकाले उपभोक्ताले धेरै मूल्य तिर्नुपर्ने अवस्था रहेको बताउनुभयो । व्यवसायीहरूले भारतमा निजी क्षेत्र अडानी समूहले चलाइरहेको गुजरातस्थित धामरा र मुन्द्रा बन्दरगाहको प्रयोग गर्न पाएमा व्यापारमा प्रभावकारिता आउने र लागत पनि धेरै घट्ने दाबी गरेका छन् ।
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नीतिगत तहमा व्यवसायीले भोगिरहेको समस्या सरलीकृत गर्न सहजीकरण गर्ने आश्वासन दिनुभयो । कार्गो व्यवसायीहरूले विदेशी ढुवानीकर्ता (विदेशी सिपिङ लाइन)लाई नेपालमा पनि दर्ता गराउनुपर्ने, सरकारले २.५ प्रतिशत स्रोतमा कर कट्टी लगाउने गरेकोमा हटाउनुपर्ने पनि माग गरेका छन् । एसोसिएसनमा हाल मुलुकभरका एक सय ३५ संस्था सदस्य रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच