
काठमाडौं । चलचित्र विकास बोर्डले उपत्यका बाहिरका १८ हललाई पत्र काटेको छ । बोर्डलाई तिर्न बाँकी रहेको चलचित्र विकास शुल्क छिटो तिर्न भन्दै हलहरूलाई पत्र काटिएको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिनुभयो । पत्रमा विकास शुल्कको अलावा बक्स अफिसमा जडान गर्नसमेत भनिएको छ । बोर्ड अध्यक्ष दिनेश डिसीले अन्तिम पटक भन्दै ताकेतासहितको पत्र काटेको उल्लेख गरिएको छ ।
बोर्डले लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सिबी सिनेमा, महेन्द्रनगरको सेती महाकाली टाकिज, सिरहाको बुद्ध सिनेमा, परासीको म्यांगो प्लेजर, हेटौंडाको नारायणी मल आचार्य प्लाजा, बुटवलको ब्लुमुन इन्टरटेनमेन्टलाई पत्र काटेको छ ।
यस्तै आशा चलचित्र मन्दिर जनकपुर, जोशी टाकिज कैलाली, नुवाकोटको जगदम्बा चलचित्र मन्दिर, हेटौंडाको ओमेक्स चलचित्र मन्दिर, दाङको भिएफएक्स सिनेमाज् प्रा.लि., पोखराको हिमाज जादुज, विराटनगरको हिमालय टाकिज, बुटवलको द्वारिका उदय सिनेमा र वीरगञ्जको बजरंगी पिक्चर्स प्रालिलाई समेत पत्र काटिएको छ । यसपटक अनुरोध नमाने कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएको बोर्ड सदस्य अधिकारीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच