
काठमाडौं । बडा दशैँको छेको पारेर प्रवासमा रहेर गीत लेखनमा सक्रीय दीपेन्द्र अधिकारीको शब्दमा ‘फर्किन्छु यसपालि’ बोलको गीतको भिडियो डिए क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । शाहस शाक्यको संगीत र स्वरमा उक्त गीत तयार भएको हो ।
रोहन नेपालीको निर्देशनमा तयार गरिएको सो भिडियोलाई अनुप गुरुङले छायांकन र नकुल खड्काले सम्पादन गर्नुभएको हो । तेज गिरी, प्रकाश घिमिरे, मधु क्षेत्री, प्रमिला तुलाचन, विनोद नेपाली र सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको भिडियोलाई कास्कीका बिभिन्न क्षेत्रमा छायांकन गरिएको छ ।
दीपेन्द्रले यसअगाडि ‘जीवनको रेल, मनमोहक पोखरा, चुलबूल चुलबूल प्यारी भाञ्जी, नेपालकी छोरी’ जस्ता आधा दर्जनको संख्यमा गीत बजारमा ल्याइसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच