
गत असोज २१ गते सोमबारको अंकबाट क्रमशः
आधार-शिविरमा हामी बसिरहने अनि युवा सेकेण्ड लिडर चाहिँ १० बजे खाना खाइवरी दुईजना अनुभवी शेर्पाहरू र टिमका केही जापानी युवा सदस्यका साथ लक्षित हिमालको सर्भे गर्न जाँदारहेछन् अनि साँझपख फर्किने रहेछन् । बडो सतर्कतापूर्ण तरिकाले सर्भे गर्नुपर्ने हुन्छ । ठाउँको छनौटमा पनि विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । फेदीदेखि समिट गर्ने शिखरसम्म चारवटा अस्थायी क्याम्प निर्माण गर्न ठाउँहरूको छनौट सावधानीपूर्वक गर्नुपर्दा निकै समय लागेको थियो । सावधानी यस निम्ति पनि कि टेन्टका किला गाड्न जमेको ठोस् हिउँ फेला पर्नुप¥यो नत्र हुरीले मानिससहित टेन्ट उडाएर लान बेर लाग्दैन । सकेसम्म हावाहुरी छेकिने ठाउँको छनौट गर्दावर्दा करिब महिना दिन त फष्ट र सेकेण्ड क्याम्प खडा गर्नमै बिताइदियो ।
यता हामी बुढो टिमलिडर उमात्सु र म काम न काजको बेसक्याम्पमा चिसो सिरेटो खाएर महिनौं एक तमासले बसिराख्दा त सम्झेँ नाम्चेमै बसेको भए त खुट्टा तन्काउन पाइनेथियो यहाँ त साँगुरो टेन्टमा खुट्टा पनि राम्ररी पसार्न गाह्रो भइरहेको छ । त्यसमाथि मध्यरातमा गइरहने एभिलान्ज (हिउँपहिरो)को मुटु थर्काउने कर्कस आवाजले निद्रा खल्बल्याइदिएर जहिले पनि अनिद्राको सिकार हुनुपरिरहेको छ । तर, तुरुन्तै चेतना फर्केर सोच्न थालेँ त्यसो गरेको भए आफ्नो कर्तव्यबाट विमुख हुनेथिएँ जुन मेरो कर्तव्यपरायणताको बर्खिलाप हुनेथियो ।
त्यहाँ बेसक्याम्पमा टिमले कार्यथाल्नुको पूर्र्वसन्ध्यामा सबैलाई एक ठाउँमा भेला गरेर सरकारको नियमकानुनबारे जानकारी दिँदै अनुमति पाएनुसारको फेसबाट आरोहण गर्ने, माथि चारवटै क्याम्प र बेसक्याम्पमा जम्मा भएका फोहोरहरू राम्ररी विसर्जन गरी फर्किने गर्नुहोला । आरोहण रुटमा कुनै किसिमको व्यवधान वा अवरोध खडा गरेर नआउने । साथै बेस क्याम्पमा पनि फोहोर छाडेर नहिँड्ने आदि कुराको जानकारी दिएर कार्यारम्भ गर्न लगाएको थिएँ । साथै टिमलाई वा टिमका कुनै सदस्यलाई आपत्विपद् परेमा सरकारको तर्फबाट मद्धत गर्न म तयार रहनेछु चिन्ता नलिनुहोला भनेँ ।
आरोहीहरूले अर्को १५ दिन तेस्रो र चौथो क्याम्प खडा गर्नमा लाइदिए । यसरी डेढ महिना बित्यो । त्यसपछि समिट गर्नलाई मौसमको प्रतीक्षामा पाँच-सात दिन बित्यो । अनि एकदिन मौसम सफा र हावाहुरी नचली शान्त रहने अनुमान गरी चुचुरामा पुग्न तम्सिए यी तीनैजना । अगाडि जापानी आरोही त्यसपछि हाम्रा शेर्पाहरू दुबैजना प्रत्येकको कम्मरमा नाइलनको बलियो डोरीले एकअर्कालाई बाँधेर लहरै अघिपछि गरी हिँडिरहेका थिए । म र उमात्सु एउटा अलि अग्लो थुम्कामा उक्लेर दूरबिनले हेर्ने प्रयास गरिरहेका थियौं । दृश्य के देखियो भने अगाडि रहेका जापानी आरोहीको खुट्टा चिप्लियो ।
ऊ लरखराउँदै खरपासतिर जान लागेको देखेर उसको पछि रहेको शेर्पाले छुरीले डोरी काटिदियो र शेर्पाहरूले आफ्नो ज्यान जोगाए । डोरी नकाटेको भए भीरतिर लड्दै जाँदै गरेकाले उनीहरूलाई पनि तानेर खरपासमा लैजाने थियो । उता डोरी काटिएपछिको दृश्य त बडो हतोत्साही र हृदयविदारक देखिएको थियो । भकुण्डो जस्तै उफ्रँदै उनले लाएका लुगाहरू रातो ज्याकेट अनि रातोसेतो बुट फुस्किएर हावामा उछालिँदै गरेको, उनी खरपासतिर घोप्टो पर्दै गइरहेको देखिएको थियो । मैले त्यो दृश्य हेर्न नसकेर उमात्सुलाई वाइनाकुलर हस्तान्तरण गरिदिएँ ।
पर्वतारोहीको इतिश्री भयो, उनी त्यहीँ हिउँले बनाएको विकट भीरमा बिलिन हुनपुगे । वातावरण अति शोकाकूल हुनपुग्यो । त्यहाँ सबै जम्मा भएर आपसमा सल्लाह गरी मलाई उद्धारका लागि हेलिकोप्टर मगाइदिन अनुरोध गरे । मैले तिनीहरूलाई सम्झाउँदै प्रश्न गरेँ म हेली त मगाइदिन्छु, भाडा तपाईंहरूले तिरिहाल्नुहुन्छ तर त्यो खरपासमा को गएर लाश खोज्ने अनि हेलीको हुकमा टाइअप गर्ने हो ? अनि त सबैजना निरुत्तर भए र लाशलाई त्यहीँ छाडेर भोलिपल्ट बिहान बेसक्याम्प भत्काउँदै हिँड्ने निर्णय भयो । म र उमात्सु जाँदाखेरी जस्तै गरीसँगै फक्र्यौं । लुक्लामा प्लेनको टिकट पाउन निकै सकस थियो तर उमात्सुले ब्ल्याकमा बढी पैसा तिरेर लिएको टिकटले गर्दा हामी बेलैमा काठमाडौं फर्कन सफल भएका थियौं । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच