
लण्डन । इंग्लिस प्रियिमर लिगमा आर्सनल र लिभरपुल २-२ को बराबरीमा रोकिएका छन् । आइतबार राती सम्पन्न खेलमा घरेलु टोली आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले गोल गर्नुभयो । लिभरपुलका लागि कप्तान भर्गिल भान डाइक र मोहम्मद सलाहले गोल गर्नुभयो ।
खेलको नवौँ मिनेटमा साकाको गोलमार्फत् आर्सनलले अग्रता लिएको थियो । तर, ९ मिनेटपछि नै भान डाइले लिभरपुलका लागि बराबरी गोल फर्काउनुभयो । मेरिनोले ४३औँ मिनेटमा गोल गरेपछि आर्सनल २१ ले अगाडि बढ्यो । ८१औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई हारबाट जोगाउनुभयो ।
यो नतिजासँगै नौ खेलमा २३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । आर्सनल समान खेलबाट १८ अंकका साथ तेस्रो स्थानमा छ । लिगअन्तर्गत आइतबारै सम्पन्न अन्य खेलमा चेल्सीले न्युक्यासल तथा वेस्टहमले म्यानचेस्टर युनाइटेडलाई समान २-१ तथा टोटनहमले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरे । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच