काठमाडौं । शाओमीले नेपालमा तीनवटा नयाँ पावर ब्यांक सार्वजनिक गरेको छ । नयाँ मोडलमा २२.५ वाटको फास्ट चार्जिङसहितको शाओमी पावर ब्यांक ४ आई १० हजार एमएएच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्यांक ४ आई २० हजार एमएएच र २२.५ वाटको फास्ट चार्जिङ तथा बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्यांक १० हजार एमएएच रहेका छन् ।
उल्लेखित उत्पादनहरू सार्वजनिक गर्दै नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘हामी आफ्ना ग्राहकको परिवर्तनशील आवश्यकतालाई राम्रोसँग बुझ्छौँ । ग्राहकवर्गले आफ्नो व्यस्त जीवनमा द्रुत र भरपर्दो समाधान खोजिरहेको अवस्थामा हामी उहाँहरूलाई अझ बढी सुविधा, कार्यक्षमता भएका पावर ब्यांक प्रदान गरी उहाँहरूको डिभाइसमा जुनसुकै समयमा र जहाँसुकै पावर रहिरहोस् भन्ने चाहन्छौँ ।’
कम्पनीका अनुसार २२.५ वाटको फास्ट चार्जिङसहितको शाओमी पावर ब्यांक ४ आई १० हजार एमएएचको तीन हजार चार सय ९९ रुपैयाँ रहेको छ भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्यांक ४ आई २० हजार एमएएच चार हजार नौ सय ९९ रुपैयाँ रहेको छ । त्यस्तै २२.५ वाटको फास्ट चार्जिङ र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्यांक १० हजार एमएएचको चार हजार दुई सय ९९ रुपैयाँ मूल्य रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच