
सुरेश भट्टराई
नेपालमा वायु प्रदूषण एक गम्भीर समस्या बन्दै गइरहेको छ, खासगरी गरी काठमाडौं उपत्यकामा र देशका अन्य प्रमुख शहरहरूमा । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष हजारौं मानिसको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । एक अध्ययनका अनुसार नेपालमा वायु प्रदूषणका कारण मानिसहरूले अकालमै मृत्युवरण दर दक्षिण एशियामा सबैभन्दा उच्च देखिएको छ । दक्षिण एसियामा सन् २०२२ मा मात्रै लगभग ४२ हजार व्यक्तिको मृत्यु वायु प्रदूषणसम्बन्धी स्वास्थ्य समस्याहरूबाट भएको अनुमान छ ।
वायु प्रदूषणका प्रमुख स्रोतहरूमध्ये सवारीसाधन, औद्योगिक क्रियाकलाप, घरायसी धुवाँ र निर्माण क्षेत्रमा उड्ने धूलो प्रमुख मानिन्छन् । नेपालका सडकमा लगभग १० लाखभन्दा बढी सवारी साधन गुडिरहेका छन् । धेरै जसो सवारीसाधन पुराना र मर्मत नगरेका छन् जसबाट अत्यधिक धुलो र धुवाँ निस्कन्छ । काठमाडौं उपत्यकामा पुराना सवारीसाधनको संख्याले पिएम २ (धुलोका सूक्ष्म कणहरू) को मात्रा उच्च बनाउँदैछ । एक अध्ययन अनुसार, काठमाडौंको हावामा पिएम २ को मात्रा विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको सुरक्षित सीमाभन्दा पाँच गुणासम्म बढी रहेको पाइएको छ, जसले श्वासप्रश्वास, मुटु र क्यान्सरसम्मको जोखिम बढाउँछ ।
वायु प्रदूषण हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक भए पनि धैरैले यस बारे खासै चासो दिएको देखिँदैन । तसर्थ जनतामा वायु प्रदूषण र यसको असरबारे व्यापक जनचेतना फैलाउनु पनि महत्वपूर्ण छ । यसका लागि विद्यालय, कलेज र समुदायहरूमा नियमितकार्यक्रम सञ्चालन गरेर वायु प्रदूषण नियन्त्रणमा नागरिकहरूको सहभागिता आवश्यक छ ।
त्यस्तै, औद्योगिक प्रदूषणले पनि वायु प्रदूषणको स्तरलाई बढावा दिइरहेको छ । उपत्यका वरपरका इँटाभट्टा र अन्य उद्योगहरूले अत्यधिक मात्रामा सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड र कार्बन मोनोअक्साइड जस्ता ग्यासहरू वायुमण्डलमा मिसाइरहेका छन् । नेपालमा अहिले करिब १,००० भन्दा बढी इँटाभट्टा सञ्चालनमा छन् र यीमध्ये धेरैजसोले परम्परागत प्रविधि प्रयोग गर्दै आएका छन् । यस्ता इँटाभट्टाले हावामा धुलो र धुवाँको मात्रा बढाउँछन् । सन् २०२३ मा गरिएको एक अध्ययन अनुसार काठमाडौं उपत्यकामा हुने प्रदूषणको ३५ प्रतिशत हिस्सा इँटाभट्टाबाट निस्किएको धूलो र ग्यासको कारणले हुने गर्दछ ।
वातावरणीय प्रदूषणको अर्को कारण भनेको ग्रामीण क्षेत्रमा परम्परागत चुलोको प्रयोग हो । नेपालमा झण्डै ७० प्रतिशत जनसंख्या खाना पकाउन काठ, गुइँठा र अन्य जैविक इन्धन प्रयोग गर्दछन् जसले घरभित्रकै हावालाई प्रदूषित बनाउँछ । यो समस्याले विशेषगरी महिलाहरू र बालबालिकामा असर गरिरहेको छ । विश्व बैंकको सन् २०२० को रिपोर्टले नेपालको ग्रामीण क्षेत्रमा प्रत्येक वर्ष १० हजारभन्दा बढी महिला र बालबालिकामा धुवाँजन्य समस्याका कारण स्वास्थ्य समस्या देखिने गरेको उल्लेख गरेको थियो ।
काठमाडौंमा निर्माणकार्य तीव्र गतिमा भइरहेकाले प्रदूषणलाई झनै बढाएको छ । शहरका निर्माण कार्यले गर्दा उड्ने धूलोको मात्रा उच्च हुँदा छ । सूक्ष्म प्रदूषक कणहरूको मात्रा बढ्दै गएको छ । यी कणहरूले श्वासप्रश्वास प्रणालीमा नकारात्मक असर पार्छन् र लामो समयसम्म यस प्रकारको वातावरणमा बस्दा श्वासप्रश्वासका समस्या, फोक्सोको क्यान्सर र हृदयाघातको जोखिम बढ्दछ ।
वायु प्रदूषण नियन्त्रणका लागि ठोस कदम उठाउन जरुरी छ । यातायात क्षेत्रमा सवारीसाधनको मर्मतमा ध्यान दिँदै पुराना गाडीहरूको प्रयोगलाई हटाउने र विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति सरकारले प्रभावकारी रूपमा लागू गर्नु आवश्यक छ । एक अध्ययनले नेपालमा विद्युतीय सवारीको प्रयोगले सन् २०३० सम्म वायु प्रदूषणलाई करिब १५ प्रतिशतले घटाउन सकिने देखाएको छ । औद्योगिक प्रदूषण नियन्त्रण गर्न उद्योगहरूलाई कडा वातावरणीय मापदण्ड लागू गर्नु र प्रदूषण घटाउने उपकरणहरूको प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ । इँटाभट्टा जस्ता उद्योगहरूले वातावरणमैत्री प्रविधिको प्रयोग गर्ने हो भने प्रदूषणको स्तर घटाउन सहयोग पुग्नेछ । नेपालमा नत्थ पिट प्रविधि जस्ता नयाँ प्रविधिको प्रयोग गरिन थालिएको छ जसले इँटाभट्टाबाट निस्कने धूलो र ग्यासलाई धेरै कम गर्न सक्षम रहेको देखिएको छ ।
वायु प्रदूषण हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक भए पनि धैरैले यस बारे खासै चासो दिएको देखिँदैन । तसर्थ जनतामा वायु प्रदूषण र यसको असरबारे व्यापक जनचेतना फैलाउनु पनि महत्वपूर्ण छ । यसका लागि विद्यालय, कलेज र समुदायहरूमा नियमितकार्यक्रम सञ्चालन गरेर वायु प्रदूषण नियन्त्रणमा नागरिकहरूको सहभागिता आवश्यक छ । सरकारले वायु गुणस्तर मापनका लागि विभिन्न ठाउँमा मापन उपकरण राख्न सक्दछ । यो प्रविधिको प्रयोगबाट हरेक दिनको प्रदूषणको स्तरबारे जनतालाई जानकारी गराउन र प्रदूषणको जोखिमसँग बच्न चेतावनी दिन सहयोग पुर्याउँछ ।
यसका लागि सरकारले देशमा यस क्षेत्रमा उत्पादित जनशक्तिलाई उचित स्थान दिँदै देश निर्माणमा लगाउन सक्नुपर्छ । वायु प्रदूषण नियन्त्रण गर्ने ठोस योजना र नीतिविना नेपालको विकास यात्रा चुनौतीपूर्ण बन्नेछ । वायु प्रदूषण नियन्त्रण गर्न सबै पक्षको सहकार्य आवश्यक छ । यसका लागि सरकारले प्रभावकारी नीति र योजनाहरू बनाई कार्यान्वयनमा जोड दिनुपर्छ । यसले नेपालको प्राकृतिक सौन्दर्य रजनताको स्वास्थ्यलाई सुरक्षित बनाउनेछ र नेपालको दीगो विकासमा महत्वपूर्ण योगदान दिनेछ । (भट्टराई राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल) मा अनुसन्धानकर्ताको रूपमा कार्यरत हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच