
साउदी अरब । साउदी प्रो लिग २०२४/०२५ सिजनमा अल हिलालले पहिलो हार बेहोरेको छ । शनिबार राती भएको खेलमा साबिक विजेता अल हिलाल अल खालिजसँग ३-२ ले पराजित भएको हो । प्रिन्स मोहम्मद बिन फहाद मैदानमा अल हिलालले २-० को अग्रता जोगाउन नसक्दा पहिलो पराजय बेहोर्नुपरेको हो ।
खेलको १२औँ मिनेटमा भ्रमणकारी टोलीलाई मार्काेस लेओनार्दाेले अग्रता दिलाउनुभएको थियो । ३७औँ मिनेटमा एलेक्जान्डर मिट्रोभिकले दोस्रो गोल गर्नुभयो । तर, पहिलो हाफको इन्जुरी समय र ४७औँ मिनेटमा अल सलिमले गोल गर्दै खेल बराबरीमा ल्याउनुभएको थियो ।
फाविओ मार्टिन्सले ८५औँ मिनेटमा गोल गर्दै टोलीलाई तीन अंक दिलाउनुभएको हो । हारपछि पनि ११ खेलबाट २८ अंकसहित अल हिलाल शीर्ष स्थानमा यथावत् छ । दोस्रो स्थानको अल इत्तिहाद २७ अंकसहित दोस्रो स्थानमा छ । छैटौँ जित निकालेको अल खाजिल १९ अंकसहित छैटौँ स्थानमै छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच