पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा यही मंसिर २९ देखि आगामी पुुस ३ गतेसम्म दोस्रो कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका माध्यमिक विद्यालयले सहभागिता जनाउन सक्ने प्रतियोगिताका संयोजक डा. मधुसुदन सुवेदीले जानकारी दिनुुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यस्तै ‘प्लेयर अफ दी टुर्नामेन्ट’लाई ट्रफी तथा १५ हजार प्रदान गरिने छ ।
प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा विश्वविद्यालयमा सञ्चालित स्नातक तहको खेलकुद व्यवस्थापनका साथै समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुुभयो । प्रतियोगिताका लागि सोमबारदेखि ‘टिम’ दर्ता खुला गरिएको र दर्ता शुल्क दुुई हजार पाँच सय तोकिएको आयोजकले जनाएको छ ।
नेपालमै पहिलोपटक प्रदेश सरकारद्वारा स्थापित यस विश्वविद्यालयले स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको छ । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक डा. सुवेदीले बताउनुुभयो । विसं २०७९ मा भएको प्रथम कुलपति रनिङ शिल्ड फुटबलको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको थियो । विसं २०७७ मा स्थापित यस विश्वविद्यालयमा अहिले पाँच संकायका विषयमा पठनपाठन हुँदै आएको छ । विश्वविद्यालयमा नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलगायत खेलाडी अध्ययनरत छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच