रोल्पा । रोल्पामा मंसिर १६ गते सम्पन्न वडा अध्यक्ष पदको उप निर्वाचनमा नेकपा (माओवादी केन्द्र) सहित अन्य चार दलका उम्मेदवारको धरौटी जफत भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुन्टिगढि गाउँपालिका वडा न ४ मा चार दलको धरौटी जफत भएको हो । रुन्टिगढि गाउँपालिकाको वडा न ४ को वडा अध्यक्ष पदको लागि उम्मेदवार दिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार नरेश जंग सिंह , राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिम बहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहल बहादुर वलि र मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार पुर्ण बहादुर बुढाको जमानत जफत भएको बताइएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा जम्मा खसेको सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी (जमानत) जफत हुने नियम छ ।
त्यसै अनुसार रुन्टिगढि गाउँपालिका वडा न ४ मा वडा अध्यक्ष पदको लागि भएको निर्वाचनमा जम्मा एक हजार दुई सय सन्तानब्बे मत खसेको हुँदा एक सय अठठाईस मत भन्दा कम प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने भएको हुँदा रुन्टिगढि–४ को उपनिर्वाचनमा चार राजनीतिक दलका उम्मेदवारहरुको धरौटी जफत भएको बताएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुन्टिगढि गाउँपालिका वडा न.४ को वडा अध्यक्ष पदको उप निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार नरेश जंग सिंहले जम्मा ७० मत , राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिम बहादुर पुनले जम्मा १० मत , राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहल बहादुर वलिले जम्मा ७ मत र मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार पुर्ण बहादुर बुढाले जम्मा ७ मत प्राप्त गरेको र जम्मा खसेको मतमा २५ मत बदर भएको बताइएको छ भने उक्त वडामा जम्मा एक हजार दुई सय सन्तानब्बे मत खसेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच