✍️ पार्वती अधिकारी
माटोको स्वस्थतार माटोका श्रोतहरूको दिगो व्यवस्थापनका विभिन्न पक्षहरूमा ध्यान केन्द्रित गर्न र सचेतना जगाउनका लागि एक विशेष विषय वस्तुलाई महत्व दिई वकालत गर्ने विशेष माध्यमको रुपमा प्रत्येक वर्ष डिसेम्बर ५ का दिन विश्व माटो दिवस विश्वभर मनाउदैं आईएको छ । यसै सन्दर्भमा माटोको सुधारः परीक्षण, रेखदेख र उपचार (Caring for Soils: Measure, Monitor and Manage) भन्ने मुल विषयका साथ सन् २०२४ को विश्व माटो दिवस मनाउन लागिएको छ । यस विषयले माटोको विशेषताहरू बुझ्नका लागि माटोको सही तथ्यांक र जानकारीको महत्वलाई जोड दिन्छ । माटोको परीक्षण र रेखदेखबाट प्राप्त हुने तथ्यांकले माटोको स्वास्थ्य, उत्पादन क्षमता र विभिन्न पोषक तत्वहरूको अवस्थालाई बुझ्न सहयोग गर्दछ । माटोको दीगो व्यवस्थापन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न यो जानकारी महत्वपूर्ण हुन्छ । जसले किसान, वैज्ञानिक र नीति निर्माताहरूलाई उचित निर्णय गरी योजनानिर्माण गर्न सहयोग पुर्याउँछ ।
दीगो माटो व्यवस्थापनको लागि यो वर्षको विषय वस्तुले माटोको परीक्षण, निरीक्षण र व्यवस्थापनमार्फत दीर्घकालीन कृषि प्रणालीहरू निर्माण गर्न आवश्यक रहेको सन्देश दिन्छ । माटोसँग सम्वन्धित विभिन्न मुद्दाहरूको बारेमा सचेतना जगाउन र सम्बोधन गर्न विश्वव्यापी प्लेटफर्मको रुपमा यस दिवसले धेरै महत्व राख्दछ । यस वर्षको विश्व माटो दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको विषयले माटोको सुधार गर्नमा माटोसँग सम्वन्धित तथ्यांक र जानकारीहरूको ठूलो भूमिका रहने कुरालाई विशेष जोड दिएको छ । यथार्थ तथ्यांक उपलब्ध भएमा मात्र सही रुपमा माटोको व्यवस्थापन गर्न सम्भव देखिन्छ ।
दीगो माटो व्यवस्थापनको लागि यो वर्षको विषय वस्तुले माटोको परीक्षण, निरीक्षण र व्यवस्थापनमार्फत दीर्घकालीन कृषि प्रणालीहरू निर्माण गर्न आवश्यक रहेको सन्देश दिन्छ । माटोसँग सम्वन्धित विभिन्न मुद्दाहरूको बारेमा सचेतना जगाउन र सम्बोधन गर्न विश्वव्यापी प्लेटफर्मको रुपमा यस दिवसले धेरै महत्व राख्दछ । यस वर्षको विश्व माटो दिवसको सन्दर्भ पारेर सार्वजनिक गरिएको विषयले माटोको सुधार गर्नमा माटोसँग सम्वन्धित तथ्यांक र जानकारीहरूको ठूलो भूमिका रहने कुरालाई विशेष जोड दिएको छ । यथार्थ तथ्यांक उपलब्ध भएमा मात्र सही रुपमा माटोको व्यवस्थापन गर्न सम्भव देखिन्छ ।
माटोको सुधार भन्नाले माटोलाई अझ स्वस्थ, उर्वर र लामो समयसम्म उत्पादनशील र क्रियाशिल बनाइराख्न गरिने विभिन्न क्रियाकलापहरूलाई बुझिन्छ । माटोमा रहेका पोषकतत्वहरू, त्यसको संरचना, माटोको भौतिक, रासायनिक र जैविक गुणहरूलाई सन्तुलनमा राखेर माटोको उत्पादन र उत्पादकत्व बृद्धि गर्नु नै माटो सुधारको मुख्य उद्देश्य हो । विभिन्न विधिहरूद्वारा माटोलाई दीर्घकालसम्म सुरक्षित र स्वस्थ राख्न सकिन्छ । विशेष गरी प्रांगारिक श्रोतहरूको नियमित प्रयोग, सिफारिस मात्रामा परीक्षण पश्चातमात्र रासायनिक मलहरूको प्रयोग, जैविक मलको प्रयोग, कृषि चूनको प्रयोग आदिलाई माटो सुधारको मुख्यविधिको रुपमा प्रयोग गरिन्छ । परम्परागत रुपमा प्रयोग गरिदै आएका र हाल प्रयोगमा आएका विभिन्न विधिहरूको यहाँ चर्चा गरिएको छ ।
जैविक तथा प्रांगारिक मलले माटोमा प्रांगारिक तत्वहरूको मात्रा बढाउनुका साथै सुक्ष्म जीवहरूको संख्यामा बृद्धि गरी दीर्घकालीन रुपमा माटोको उर्वरा शक्तिलाई बढाउन सहयोग गर्दछ । त्यसैगरी हरियो मलको प्रयोगले माटोमा नाईट्रोजन तत्वको बृद्धि गर्नमा उल्लेख्य भूमिका खेल्दछ । यसले माटोको संरचना सुधार गरी आवश्यक पोषक तत्वहरूको परिपूर्ति गर्दछ । माटोमा पिएचको अवस्थाके कस्तो छ त्यसले पनिमाटोको सुधारमामहत्वपूर्ण भूमिका खेल्दछ । माटोको अम्लीयवाक्षारीय गुण अनुसार उचितसुधारका उपायहरु गर्नुपर्दछ । माटो धेरै अम्लीय छ भने कृषिचूनको प्रयोग गर्ने र क्षारीय भएमा गन्धकको प्रयोग गर्नुपर्दछ । पि.एचको सन्तुलन भएमा पोषक तत्वहरूको उपलब्धतामा बृद्धि भई वालीको उत्पादनमा बृद्धिहुन्छ ।
त्यसैगरी राईजोवियम, एजेटोव्याक्टर, एजोला, गड्यौलायुक्त जैविकमलहरूको प्रयोगले माटोमा नाईट्रोजन लगायतका तत्वहरूको मात्रामा वृद्धि भई माटोलाई थप उर्वर बनाउन सहयोग गर्दछ । त्यस्तै, फसलचक्र परिवर्तन गरी बाली लगाउँदा माटोमाआवश्यकपोषक तत्वहरूको पुनःपरिपूर्ति गर्न सकिन्छ । माटोमा जैविक छापोहरूको प्रयोग गरेमा जमिनको क्षय कमहुने साथै माटोको तापक्रम र पानीको मात्रा नियन्त्रणमा सहयोग पुर्याई जैविक गतिविधिहरूमा पनि बृद्धि हुन्छ ।
अहिले प्रचलनमा रहेका अनियन्त्रित र जथाभावी रासायनिक मलको प्रयोगले क्षति पुर्याईरहेको सन्दर्भमा माटोको परीक्षण गरी आवश्यक मात्रामा मात्र रासायनिक मलको प्रयोग गरेमा दीर्घकालीन रुपमा माटोको स्वास्थ्यमा सुधार गरी वातावरण सुरक्षित राख्न सकिन्छ । त्यसैगरी माटोको सुधारमा जल व्यवस्थापनको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । माटोलाई सही समय र उचित मात्रामा पानीको व्यवस्थापन गर्नु पनि माटो सुधारको मूख्य पक्षहो । यी माथि उल्लेख गरिएका विधिहरू अपनाउँदा माटो स्वस्थ र उर्वर भई लामो समयसम्म उत्पादनशील रहन्छ जसले खेतीको गुणस्तर र खाद्य सुरक्षामा योगदान पुर्याउँछ ।
माटो परीक्षण भन्नाले माटोको भौतिक, रासायनिक र जैविक गुणहरूको अवस्थाजाँच गर्ने प्रकृयालाई बुझाउँछ । माटो परीक्षण पश्चात माटोमा रहेका पोषकतत्वहरूको अवस्था, पि.एचको स्तर, प्रांगारिक तत्वको मात्रा र माटोमा रहेका सुक्ष्मजीवहरूको अवस्थाबारे थाहा पाउन सकिन्छ । यसको उद्देश्य भनेको माटोको उर्वरा शक्ति र बालीको उत्पादन क्षमतालाई बुझेर खेती प्रणालीमा सुधार गर्नु हो । माटोमा कुन खाद्यतत्व कति मात्रामा छ र माटोको लागि आवश्यकमात्रा कति हो भन्ने थाहा पाउन साथै माटोमा पोषक तत्वहरूको सन्तुलनका लागि माटो परीक्षण निकै आवश्यक रहेको छ । यसले अनियन्त्रित रुपमाप्रयोग हुने रासायनिक मलको प्रयोगलाई कम गर्न सहयोग गर्दछ । त्यस्तै पि.एचको मापनअनुसार बालीका लागि उचित खाद्यतत्व प्रयोग गर्न सकिन्छ । माटोमा प्रांगारिक तत्वको बृद्धि हुनुभनेको माटोको स्वास्थ्यमा सुधार भई उत्पादन र उत्पादकत्व दुवै बढ्नु हो । नियमित माटो परीक्षणले माटोलाई दीर्घकालसम्म स्वस्थराखी दीगो खेती प्रणालीको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यसले कृषक र नीति निर्माताहरूलाई माटोको वास्तविक अवस्थाबारे जानकारी प्रदान गरी योजना र रणनीतिहरू बनाउन सहयोग गर्दछ । माटो परीक्षणले उत्पादनलागत घटाउने, उत्पादन बृद्धि हुने र दीर्घकालीन रुपमा माटोको स्वास्थ्य सुधार गर्नमा योगदान पुर्याउँछ ।
माटोको नियमित रेखदेख भन्नाले माटोको स्वास्थ्य, उर्वराशक्ति र संरचनालाई सन्तुलित राख्नका लागि गरिएको निरन्तर निगरानी र आवश्यक सुधारका उपायहरूलाई बुझिन्छ । यो प्रकृया अन्तर्गत माटोको गुणस्तर, प्रांगारिक तत्वको मात्रा, पि.एचको स्तर, पोषक तत्वहरूको सन्तुलन र जैविक गतिविधिहरूको नियमित रुपमा जाँच गरिन्छ । जसले माटोलाई स्वस्थ र उत्पादनशील रहन सहयोग गर्दछ । विभिन्न विधिहरूको माध्यमद्वारा माटोको नियमित रेखदेख गर्न सकिन्छ । जसमा माटो परीक्षण, माटोमा प्रांगारिक पदार्थको बृद्धि, पानीको व्यवस्थापन, छापोको प्रयोग, फसलचक्र परिवर्तन, माटोमा सुक्ष्मजीवहरूको प्रयोग, कृषि चूनको प्रयोग आदिविधिलाई मुख्य रुपमा माटोको रेखदेख गर्ने महत्वपूर्ण विधि मानिएको छ । विशेषगरी दुई-तीन वर्ष विराएर माटो परीक्षण गरी सुधारका उपायहरू अपनाएमा दीर्घकालसम्म माटोलाई उर्वर राख्न सकिन्छ ।
समग्रमा माटोको सुधार, परीक्षण, रेखदेख र उपचारले माटोलाई स्वस्थ, उर्वर र उत्पादनशील बनाई राख्न महत्वपूर्ण भूमिका खेल्दछ । माटोको सुधार तथा व्यवस्थापनले खेतीको लागत घटाई उत्पादन र उत्पादकत्व बढाउछ साथै वातावरणमा सन्तुलन कायम गरी दीर्घकालीन रुपमा माटोको स्वास्थ्यमा सुधार गरी माटो संरक्षणमा उल्लेख्य योगदान पुर्याउंछ । हामीले एक्काइसौं शताब्दीका चुनौतीहरूको सामना गरिरहँदा प्रभावकारी रुपमा माटोको सुधार र व्यवस्थापन गर्न सकिएमा भविष्यमा आईपर्ने खाद्य संकटलाई कम गर्न माटो व्यवस्थापनले ठूलो भूमिका खेल्ने कुरा स्पष्ट छ ।
माटोको व्यवस्थापन तथा उपचार भन्नाले माटोलाई स्वस्थ, उर्वर र उत्पादनशील बनाउन गरिने विभिन्न विधि र सुधारका उपायहरूलाई बुझिन्छ । माटोको सही व्यवस्थापनले माटोमापोषक तत्वहरूको सन्तुलन, प्रांगारिक पदार्थको वृद्धि, सुक्ष्म जीवाणुहरूको गतिविधि, माटोको संरचना, माटोमा पानीको व्यवस्थापन आदिलाई कायम राख्न सहयोग पुर्याउँछ । सही रुपमा माटोको व्यवस्थापन गर्न सकिएमा उत्पादन र उत्पादकत्वदुवै बृद्धि हुन्छ । प्रांगारिकलगायत जीवाणु मलहरूले माटोको उर्वराशक्ति बढ्छ र विस्तारै रासायनिक मलको आवश्यकता पनि कमहुँदै जान्छ । जसले उत्पादन खर्च घटाउंछ र दीर्घकालीन रुपमा माटोलाई स्वस्थ बनाउँछ । स्वस्थ माटोले कार्वनलाई समेटेर जलवायु परिवर्तनको नकारात्मक असरलाई कम गर्न मद्दत गर्दछ । साथै माटोको उपर्युक्त व्यवस्थापनले खाद्य सुरक्षालाई बलियो बनाउँछ ।
माटोको सुधार गर्न प्रयोग गरिएका विभिन्न विधिहरूको माध्यमद्वारा नै माटोको व्यवस्थापन र उपचार गर्न सकिन्छ । नेपालको सन्दर्भमा कुरा गर्दा हाल नेपालको माटोमा करिब ६६ प्रतिशतमाटो अम्लीय रहेको पाईएकोले अम्लीय माटोको सुधार तथा व्यवस्थापन लागि माटो परीक्षण गरी सिफारिस मात्रामा कृषि चूनको प्रयोग गर्नुपर्दछ । लगातार खेती र अनियन्त्रित रासायनिक मलको प्रयोगले पोषक तत्व गुमाएको माटोमा प्रांगारिक पदार्थ र जैविक मलको प्रयोग गरी माटोको उपचार गर्न सकिन्छ । उपर्युक्त सिंचाई प्रविधिको प्रयोग र पानी निकासको व्यवस्थापन गरी माटोमा सन्तुलन कायम गर्न सकिन्छ माटोको व्यवस्थापन र उपचारले माटोलाई स्वस्थ उत्पादनशील र वातावरण मैत्री राख्न सहयोग गर्दछ । जसले उत्पादन बृद्धि गर्न, लागत घटाउन र वातावरण संरक्षण गर्न सहयोग पुर्र्याइ कृषिको दीगो विकासलाई संभव बनाउँछ ।
समग्रमा माटोको सुधार, परीक्षण, रेखदेख र उपचारले माटोलाई स्वस्थ, उर्वर र उत्पादनशील बनाई राख्न महत्वपूर्ण भूमिका खेल्दछ । माटोको सुधार तथा व्यवस्थापनले खेतीको लागत घटाई उत्पादन र उत्पादकत्व बढाउछ साथै वातावरणमा सन्तुलन कायम गरी दीर्घकालीन रुपमा माटोको स्वास्थ्यमा सुधार गरी माटो संरक्षणमा उल्लेख्य योगदान पुर्याउंछ । हामीले एक्काइसौं शताब्दीका चुनौतीहरूको सामना गरिरहँदा प्रभावकारी रुपमा माटोको सुधार र व्यवस्थापन गर्न सकिएमा भविष्यमा आईपर्ने खाद्य संकटलाई कम गर्न माटो व्यवस्थापनले ठूलो भूमिका खेल्ने कुरा स्पष्ट छ । विश्व माटो दिवसले पृथ्वीमा भएका जीवात्माहरूको जीवन दिगो र सहज बनाउन माटोले खेल्ने अमुल्य भूमिकाको सम्झनाको रुपमा कार्य गर्दछ । हामीले स्वस्थ माटोको महत्व बुझी दिगो व्यवस्थापनका अभ्यासहरू अपनाएर हाम्रो र भावी पुस्ताहरूको लागि अझ लचिलो र दिगो भविष्य सुनिश्चित गर्न सक्छौ । तसर्थ हामी सबैलाई जोगाउने यो बहुमुल्य श्रोतको संरक्षण गर्ने प्रतिबद्धता गरेर विश्व माटो दिवस २०२४ भब्यताका साथ मनाऔ । सबैमा विश्व माटो दिवसको शुभकामना । लेखक : राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरका प्राविधिक अधिकृत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच