काठमाडौं । पाकिस्तान सुपर लिग (पिएसएल)को १०औँ संस्करणको अक्सनमा परेका सबै नेपाली खेलाडी ‘अनसोल्ड’ भएका छन् । सोमबार सम्पन्न अक्सनमा सात नेपाली खेलाडी थिए । तर, कुनै पनि नेपाली खेलाडी बिकेनन् । पिएसएलको ड्राफमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी हुनुहुन्थ्यो । सन्दीप डायमन्ड र अन्य खेलाडी सिल्भर क्याटोगोरीमा थिए । गत संस्करणमा पनि नेपाली खेलाडी अनसोल्ड रहेका थिए ।
सन् २०२१ को पिएसएल ड्राफ्टमा पनि सन्दीप र सोमपालसहित ११ खेलाडी थिए । प्लाटिनममा सन्दीप र गोल्ड क्याटेगोरीमा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी ड्राफ्टमा पर्नुभएको थियो । सोमपालसहित सुशन भारी, शरद भेषवाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सर्राफ, वसन्त रेग्मी, विक्रम सोब र सहाब आलम भने सिल्भर क्याटेगोरीमा हुनुहुन्थ्यो । तर, कोही बिकेका थिएनन् ।
गत वर्ष भने नेपालबाट आठ खेलाडी पिएसएलको ड्राफ्टमा परेका थिए । देव, आसिफ, आरिफ शेख, अर्जुन, दीपेन्द्र, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल परे पनि बिक्री हुनुभएन । पिएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किङ्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरी ६ टिम सहभागी छन् । पिएसएल २०२५ आगामी अप्रिलदेखि मेसम्म हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच