
काठमाडौं । बालसाहित्यकार स्व.जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजकत्वमा गठित समितिले हुमागाईंलाई मरणोपरान्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
शैली थिएटरले २०८० सालमा स्थापना गरेको सम्मान मरणोपरान्त हुमागाईंलाई प्रदान गर्न लागिएको थिएटरका अध्यक्ष रंगकर्मी तथा निर्देशक नवराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका बालकृतिमा ‘बाआमाको माया’, ‘गुनिला पाँच बालकथा’, ‘गोकुलकी आमा कसरी निको भइन् ?’, ‘मालतीको यात्रा वर्णन’, ‘भाइबहिनीका कथा’, ‘नेपाली बालसाहित्य’, ‘चम्पा र मायालु काका’, ‘लहरे पिपलको कथा’, ‘नानी पढ्छ’, ‘दिदीभाइको माया’लगायत कृति प्रकाशित छन् ।
थिएटरले १६औं राष्ट्रिय बालनाटक महोत्सव एवं लघु बालचलचित्र प्रदर्शनी उद्घाटनका अवसरमा पुरस्कार वितरण गरिने महोत्सवका कार्यक्रम प्रमुख किशोर अनुरागले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच