![लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/lumbini-pradesh-sabha.jpg)
नवलपरासी। अङ्ग्रेजी शिक्षकहरूको संगठन (नेल्ट) परासी शाखाको अध्यक्षमा कृष्ण अधिकारी निर्वाचित हुनुभएको छ। अधिकारी निवर्तमान उपाध्यक्षसमेत रहनुभएको थियो।
बुधबार बर्दघाटको ग्लोबल एकेडेमीमा भएको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको नेतृत्वमा ११ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
त्यस्तै उपाध्यक्षमा रामचन्द्र पौडेल सचिवमा पुरन गुरुङ सहसचिवमा पूर्णकला पाण्डे, कोषाध्यक्ष हेमा देवी न्यौपाने सदस्यमा गणेश कुमार अर्याल, रमेश लम्साल, दीपक भट्टराई, जनक अधिकारी, सुदीप तिवारी र नाथुप्रसाद चौधरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत खेमलाल शर्माले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षामा प्रविधिको प्रयोगलाई सशक्त बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। शिक्षालाई प्रविधिमा जोडेर नगरले अगाडि बढाएको श्रेष्ठको दाबी छ।नगर शिक्षालाई विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरू अगाडि बढाइरहेको श्रेष्ठले बताउनुभयो । त्यस्तै उपप्रमुख रुद्र प्रकाश उपाध्यायले शिक्षाको गुणस्तर सुधारका लागि नतिजामुखी अभ्यास आवश्यक रहेको बताउनुभयो ।
वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाईं, नगर शिक्षा शाखाका धनपति पौडेल, नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष भोजराज चापागाईले बोल्दै शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै कार्यक्रममा वेस्टन एजुकेशन रिसर्च सेन्टरका अध्यक्ष गोविन्द पौडेल, ग्लोबल एकेडेमीका अध्यक्ष हरी अधिकारी, दिव्याज्योति बहुमुखि क्याम्पसका प्रमुख सागर मणि पाण्डेले बोल्दै शिक्षकले प्रविधिलाई अंगालेर शिक्षण सिकाई गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष नेल्टा परासीका अध्यक्ष बाबुराम पाण्डे, स्वागत उपाध्याक्ष कृष्ण अधिकारी कार्यक्रम सञ्चालन सचिव रामचन्द्र पौडेलले गर्नु भएको कार्यक्रममा नेल्टाका राष्ट्रिय अध्यक्ष प्रोफेसर डाक्टर लक्ष्मण ज्ञवालीले भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्वोधन गर्नु भएको थियो।नेल्टाका लुम्बीनी प्रदेशका अध्यक्ष गोपाल प्रसाद बस्याल, सचिव भिमलाल भण्डारीले शिक्षण सिकाईलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो।
नवलपरासीका सातै पालिकाबाट करिब १ सय ५ जना शिक्षक हरुको सहभागी रहेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले संगठनलाई थप प्रभावकारी बनाउन शिक्षकहरूको क्षमता अभिवृद्धिमा ध्यान केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
![‘एक सिपाही एक सीप’ : प्रहरीलाई इलेक्ट्रिसियन तालिम](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/talim3-1-150x150.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच