
रुपन्देही । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सामाजिक सञ्जालमा आएको मिथ्या कुराहरूले स्थापित दलहरूप्रति विकर्षण आएको बताउनु भएको छ ।
कांग्रेस रुपन्देही २ क्षेत्रीय समितिले बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महतले सामाजिक सञ्जालमा मिथ्या कुराहरू आउने क्रम बढेको उल्लेख गर्नुभयो ।
युवाहरूले सामाजिक सञ्जालमा धेरै विश्वास गर्ने र सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो भ्रममा पार्ने उहाँको भनाई थियो । महतले सामाजिक सञ्जालले समाजमा नकारात्मक सोच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोचको विकास गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले अहिले मुलुकको लागि कांग्रेसबाहेक अरूको विकल्प नभएको उल्लेख गर्दै कांग्रेस छोडेर जानुपर्ने कुनै कारण नभएको समेत बताउनुभयो । संगठनमा जहाँ समस्यामा छ, त्यहाँ केन्द्रित भएर समाधान खोज्नुपर्ने उहाँको भनाइ छ ।
सो अवसरमा नेपाल प्रेस युनियनबाट पत्रकार महासंघका बिभिन्न तहमा निर्वाचित पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो।
क्षेत्रिय सभापति प्रजापाल गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना,क्षेत्रिय सचिव बिमलराज भट्टराई,कांग्रेस नगर सभापति खेलराज पाण्डेय लगायतले वोल्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच