
लण्डन । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल एफए कपबाट बाहिरिएको छ । आइतबार राती चौथो चरणमा प्लेमाउथसँग १-० ले स्तब्ध हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको हो । योसँगै यस सिजनमा चारवटा प्रमुख उपाधि जित्ने लिभरपुलको सपना पनि अन्त्य भएको छ ।
लिभरपुलले प्रिमियर लिगमा एक खेल कम खेल्दै तालिकामा ६ अंकको अग्रता लिएको छ । दोस्रो स्थानको आर्सनलको भने २४ खेलबाट ५० अंक छ । दोस्रो श्रेणीको क्लब प्लेमाउथका रायन हार्डीले खेलको ५३औँ मिनेटमा पेनाल्टीमार्फत् निर्णायक गोल गर्दै आफ्नो टोलीलाई अप्रत्यासित जित दिलाउनुभयो । लिभरपुलले मोहम्मद सलाह, कोडी गाक्पो र भर्जिल भान डाइकजस्ता स्टार खेलाडीबिनाको टोली मैदानमा उतारेको थियो ।
दक्षिण-पश्चिम इंग्ल्याण्डस्थित प्लेमाउथ क्लब दोस्रो श्रेणी च्याम्पियनसिपको पुछारमा छ र हालै म्यानचेस्टर युनाइटेडले पूर्वखेलाडी वायन रुनीलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो । च्याम्पियनसिपमा प्लेमाउथले ३० खेलबाट २५ अंक बटुलेको छ । लिभरपुलले च्याम्पियन्स लिगको पहिलो चरण शीर्ष स्थानमा रहेर समाप्त गरेको छ र इङ्लिस लिग कपको फाइनलमा स्थान बनाइसकेको छ ।
लिभरपुल यसअघि नै इंग्लिस फुटबल लिग (इएफएल) कपको फाइनलमा प्रवेश गरेको थियो । लिभरपुलले अब उपाधिका लागि न्युकासल युनाइटेडसँग खेल्नेछ । न्युकासलले सेमिफाइनलमा आर्सनललाई पराजित गर्दै फाइनल पुगेको हो । साबिक विजेतासमेत रहेको लिभरपुलले सर्वाधिक १० पटक इएफएल कपको उपाधि जितेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच