
पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कास्कीको पोखरास्थित पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि शून्यका विरुद्ध एक गोलको जित निकाल्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । आहा राराको २४ मध्ये २३ वटा संस्करणमा सहभागी भएको पुलिस ११औँ पटक फाइनलमा पुगेको हो । उसले ६ पटक उपाधि जितेको छ । आहा रारामा आफ्नो ५०औँ खेलमा पुलिसलाई जित दिलाउन ५८औँ मिनेटमा सञ्जीव लामाले एकमात्र गोल गर्नुभयो ।
२०७६ सालपछि पहिलोपटक फाइनलमा पुगेको पुलिस सातौंपटक उपाधि उचाल्दै इतिहास बनाउने योजनामा छ । पुलिस र चर्च ब्वाइजबीच बुधबार भएको खेल आहा रारा गोल्डकपको २५०औँ खेल पनि हो । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार थ्रीस्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ । स्वदेशी र विदेशी गरी १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक रुपैयाँ पुरस्कार पाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच