
नयाँदिल्ली । एसिया कप २०२५ यही वर्षको सेप्टेम्बरमा आयोजना हुनेभएको छ । एसिया कप २०२५ मा कुल १९ खेल हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, यसको औपचारिक कार्यक्रम आउन बाँकी छ । एसिया कपमा कुल आठ टोलीले खेल्नेछन् । जसमा भारत र पाकिस्तानबाहेक बंगलादेश, श्रीलंका, अफगानिस्तान, युएई, ओमान र हङ्कङका टोली सहभागी हुनेछन् । आयोजक भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन् । यी दुईबीचको समूह चरणको खेलपछि टोलीले यस प्रतियोगितामा थप दुई खेल खेल्न पाउनेछन् ।
भारत एसिया कप २०२५ को आयोजक हो । तर, क्रिकबजको रिपोर्ट अनुसार यो कार्यक्रम भारतबाहिर आयोजना हुनसक्छ । भारत र पाकिस्तानबीचको कमजोर राजनीतिक सम्बन्धका कारण एसिसीले प्रतियोगिता विदेशमा आयोजना गर्नसक्ने भए पनि आयोजक भारत नै रहनेछ । एसिया कप २०२५ को वैकल्पिक स्थानका लागि श्रीलंका र युएईको नाममा छलफल भइरहेको छ ।
सन् २०३१ सम्ममा चारवटा एसिया कपका लागि स्थान तय गरिएको छ । सन् २०२७ मा बंगलादेश आयोजक हुनेछ, यो सिजन एसिया कप एकदिवसीय ढाँचामा खेलाइनेछ । पाकिस्तान २०२९ मा आयोजक हुनेछ तर प्रतियोगिता तटस्थ स्थानमा खेलाइनेछ, यो टी-२० ढाँचामा हुनेछ । २०३१ को एसिया कपको संस्करण श्रीलंकामा एकदिवसीय ढाँचामा हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच