
लण्डन । इंग्लिस क्लब एस्टन भिल्ला ४१ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भिल्ला पार्कमा सम्पन्न अन्तिम-१६ को दोस्रो लेगमा घरेलु टोली भिल्लाले क्लब ब्रुजलाई तीन-शून्यले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
समग्रमा भिल्ला ६-१ ले विजयी भयो । पहिलो लेगमा भिल्लाले तीन-एकको जित निकालेको थियो । भिल्लालाई जित दिलाउन मार्को असेन्सियोले दुई तथा इयान माटसेन एक गोल गर्नुभयो । खेलको १६औँ मिनेटमा किरियानी साब्बेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ब्रुज १० खेलाडीमा समेटिएको थियो । खेलको ५७औँ मिनेटमा माटसेनको गोलमार्फत् भिल्लाले अग्रता लिएको थियो । असेन्सियोले ५० र ६१औँ मिनेटमा गोल गर्दै भिल्लालाई सहज जित दिलाउनुभयो । भिल्लाले क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मन (पिएसजी) को सामना गर्नेछ ।
आर्सनलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा साबिक विजेता रियल मड्रिडको सामना गर्ने भएको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा सम्पन्न अन्तिम-१६ को दोस्रो लेगमा पिएसभीसँग दुई-दुईको बराबरीमा रोकिए पनि आर्सनल समग्रमा नौ-तीनले विजयी भयो । पहिलो लेगमा आर्सनलले सात-एकको सानदार जित निकालेको थियो । आर्सनलका लागि ओलेक्सजेन्डर जिनचिन्को र डेक्लान राइसले गोल गर्नुभएको थियो । पिएसभीका लागि इभान पेरिसिक र कुहैब ड्राइउचले गोल गर्नुभयो ।
यसैगरी शहरी प्रतिद्वन्द्वी एटलेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा चार-दुईले पराजित गर्दै रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समग्रमा दुई-दुईको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियोे । पहिलो लेगमा रियल दुई-एक र दोस्रो लेगमा एटलेटिको एक-शून्यले विजयी भए । रियलले क्वाटरफाइनलमा आर्सनलको सामना गर्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच