
विशाल अधिकारी
देशमा दुई तिहाइको सरकार निर्माण भएको सात महिना पुग्नै आटेको छ । संसद्का सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको एकतामा २०८१ असार ३० गते बनेको यो सरकारले जनचाहना अनुसार नै काम गर्न नसकेको र झन् देशलाई नै उधोगतितिर धकेलेको पनि आरोप छ । देश यतिबेला चौतर्फी रूपमा संकटले घेरिएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली (केपीओली)ले देशलाई हाँकिरहेका छन् । उनलाई नेपाली कांग्र्रेसले साथ दिइरहेको छ भने पाँच दलको समर्थन छ । यति शक्तिशाली प्रधानमन्त्री भएका ओली किन काम गर्न सकिरहेका छैनन् त ? अर्थात् चाहेजस्तो काम गर्न केले रोकिरहेको छ ? अहिलेको वर्तमान समयको गम्भीर र महत्वपूर्ण यहीँ हो ।
देशकै दुई ठूला दल मिलेर सत्ता हाक्ने अवसर मिल्दा पनि उनीहरू किन यति तन्नम बन्दै गइरहेका होलान ? जब-जब सरकार बन्यो तब जनताहरूमा छुट्टै प्रकारको उत्साहा थियो अब त केही होला देशले निकास पाउँला कि भन्ने धेरैले अपेक्षा गरेका थिए, भरोसा थियो तर देशलाई निकास दिनु त सुदूरको कुरा बरू सरकारले जनतालाई निराश चाहिँ दियो । पटक-पटक एउटै व्यक्ति सत्तामा पुग्नु, उसलाई सत्ता, शक्तिको उन्माद लाग्नुको परिणाम यतिबेला देशले भोगिरहेको छ, अझै भोग्नेछ ।
देशकै दुई ठूला दल मिलेर सत्ता हाक्ने अवसर मिल्दा पनि उनीहरू किन यति तन्नम बन्दै गइरहेका होलान् ? जब-जब सरकार बन्यो तब जनताहरूमा छुट्टै प्रकारको उत्साहा थियो अब त केही होला देशले निकास पाउँला कि भन्ने धेरैले अपेक्षा गरेका थिए, भरोसा पनि थियो तर देशलाई निकास दिनु त सुदूरको कुरा बरू सरकारले जनतालाई निराश चाहिँ दिएको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्नो जीवनमा चौथोपटक कुर्सी सम्हालिरहेका छन् । उनको कुर्सीलाई कांग्र्रेस सभापति शेरबहादुर देउवाले टेको दिइरहेका छन् । ओलीपछि देउवा प्रधानमन्त्री बन्ने छन् र त्यतिबेला ओलीले उनको कुर्सीलाई टेको दिने छन् । देउवाका ज्योतिषको कुरालाई पत्याइदिने हो भने उनी सातौंपटक प्रधानमन्त्री बन्ने पक्का छ । अत्याधिक सत्ताको भोक र प्यासमा छट्पटी भएका ओली माओवादीसँगको गठबन्धन तोडेर कांग्र्रेससँग सत्ता सहकार्य गरेका थिए । जब उनी सत्तामा पुगे उनका सम्झन लायक कामको फेहरिस्त हेर्ने हो भने निकै न्यून छन् । उनी प्रधानमन्त्री भएपछि सत्तापक्ष भए जोगाउने र विपक्षी भए डाम्ने प्रवृत्ति व्याप्त देखियो । देशका ठूला भ्रष्टाचारकाकाण्ड ओलीले नै सामसुम पारे केही मुद्दा नचल्ने निर्णय गराए भने केही अझै सामसुम पार्ने प्रयासमा उनी देखिन्छन् । चरम निरासामा बाँचिरहेका आमनेपालीलाई उनका गतिविधिले झन् निरासा थपिदिएको छ । देशमा केही गर्न सकिन्न भन्ने भाष्य निर्माण भइरहँदा उनका नकारात्मक गतिविधिले झन् उक्त कुरालाई प्रश्रय दिइरहेको छ ।
कुनै कुराको राप, तापको भूमरीमा परिरहेको नेपालको राजनीतिलाई यतिबेला देशी र विदेश दुवै राजनीतिले तताइरहेको छ । फागुन ७ को प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिले देश तातिरहँदा राप्रपालाई भनेको उनको रापले छोएको छ र यतिबेला सडकमा उत्रिएको छ । यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक एमसीसी रोक्दिनु र दिँदै आएको सहयोगलाई समेत ‘ठगी’ हो भन्दै रोक्दिनुले नेपालको राजनीतिलाई अझ तताएको छ । यसले भविष्यमा के कस्तो असर देखा पर्ला अहिले भन्न सकिने अवस्था छैन ।
जनताको मन, मत जितेर सत्तामा पुगेर जनताको अभिव्यक्तिलाई बेवास्ता गर्दाको नतिजाको प्रतिफल यतिबेला नेताहरूले भोगिरहेका छन् । बाहिर सडकमा जनतामाथि गोली प्रहार गर्दैभित्र संसद्मा टेबल ठटाई एमसिसी पास गरेका नेताहरूको बोली यतिबेला ट्रम्पले एक झड्कामै बन्द गर्दिएका छन् ।
देश चरम संकटमा पर्नु, छिमेकी राष्ट्रहरूले समेत उपेक्षागर्नु र राजतन्त्र फ्याकेको १५/२० वर्षमै जनतामा निराशा छाउनु राम्रोपक्ष हुँदै होइन । यस्तो संकटको घडीमा राजाले आफूलाई साथ दिन आग्रह गर्दै आउनुले निकट भविष्यमा कस्तो राजनीति परिणाम ल्याउँला त्यो भने हेर्न बाँकी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच