
काठमाडौं । जीवा लामिछानेको नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा बुधबार एक विशेष समारोहबीच लेखक लामिछाने र पत्रकार वसन्त बस्नेतले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । सो अवसरमा लेखक लामिछाने र पत्रकार बस्नेतबीच पुस्तकका विषयमा विशेष अन्तर्संवादसमेत गरिएको थियो ।
लामिछानेका यसअघि प्रकाशित कृतिभन्दा यो फरक शैलीमा लेखिएको पनि बस्नेतले जिकिर गर्नुभयो । हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले लेख्छु भनेर गएको र यात्राकै क्रममा २५ हजार शब्द लेखिसकेको लेखक जीवा लामिछानेले बताउनुभयो । ‘अक्षत अन्टार्कटिका’मा लेखकले सन् २०२४ जनवरी १३ देखि २४ सम्मको अन्टार्कटिका यात्राका अनुभवहरू साझा गर्नुभएको छ ।
संसारका एक सय ३० भन्दा बढी देश घुमिसक्नु भएका लामिछानेका यसअघि ‘सरसर्ती संसार’ र ‘देश देशावर’ नियात्रासंग्र्रह प्रकाशित छन् । ‘अक्षत अन्टार्कटिका’ उहाँको तेस्रो कृति हो । मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछाने गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य एवं पूर्वअध्यक्ष हुनुहुुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच