सर्लाही । सर्लाहीको ईश्वरपुर-५ नरेसखोरका श्रवण रामकी ९ वर्षीया छोरी रचना राम हाल ब्रोन क्यान्सरबाट पीडित छिन् । आर्थिक अभावका कारण परिवारले उनलाई अस्पतालबाट घर ल्याएर राखेका छन् ।
रचना नरेसखोरस्थित श्री प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् । सुरुमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्य संस्थामा लगियो, जहाँ चिकित्सकहरूले जनकपुर लैजान सुझाव दिए । जनकपुरमा जाँचपछि क्यान्सर भएको पुष्टि भयो । त्यसपछि परिवारले उनलाई थप उपचारका लागि बी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवन लगे ।
गत फागुन ८ गतेदेखि चितवनमा उपचार भइरहेकोमा बिहिवार मात्र उनलाई परिवारले घरमा ल्यका छन् । हालसम्म उपचारमा ३ लाख रुपैयाँ खर्च भइसकेको छ, तर छोरी बाँच्ने-नबाँच्ने टुंगो नभएको उनकी आमा अनीता राम बताउँछिन् । हजुरबुवा प्रवेश रामकाअनुसार उपचारका लागि भएको थोरै बचत, स्थानीय समाजबाट संकलित चन्दा र साहुसँग लिएको ऋणसमेत सकिइसकेको छ ।
रचनाको स्वास्थ्यमा केही सुधार देखिए पनि आर्थिक अभावका कारण थप उपचार गर्न नसकिएको परिवारजनले बताएका छन् ।
राम परिवार हाल चरम आर्थिक संकटमा छ । परिवारसँग आफ्नो नाममा एक मुठी अन्नसमेत बाँकी छैन, साथै उनीहरू ऐलानी जमिनमा बस्दै आएका छन् । यस अवस्थाका कारण साहुसँग ऋण लिने सम्भावनासमेत सकिएको हजुरबुवा प्रवेश राम बताउँछन् । परिवारका सदस्यहरू कृषि मजदुरी गर्दै जीविका चलाउँदै आएका थिए । तर, छोरी रचनाको क्यान्सर उपचारका लागि भएको थोरै सम्पत्ति, चन्दा तथा ऋण पनि सकिएपछि थप तनाव सिर्जना भएको छ । अहिले परिवारलाई के खाने र के गर्ने भन्ने चिन्ताले झनै ग्रस्त बनाएको छ ।
याे समय गहुँ काट्ने, मसुरो, आलस, लहरे, खेसरी टिप्ने प्रमुख सिजन हो । तर, आमाले छोरीको उपचार गर्ने कि खेतबारीको काममा जाने भन्ने दोधारमा आफू परेको बताउँछिन् । “सधैं मायाले हुर्काएकी छोरी आँखा भरि आँसु पार्दै ’दुख्यो, पोल्यो’ भन्छे, तर म केही गर्न सक्दिनँ," आमा अनीता राम भक्कानिन्छन्।
घरमा खाने अन्न छैन, मजदुरी गर्न जाने शारीरिक सामर्थ्य पनि कमजोर छ । काममा गएर कमाउने सोच्दा पनि छोरीलाई केही भयो भने भन्ने डरले मन भारी हुन्छ," उनी भन्छन्।
अनीतो काममा जाँदा समेत खाजा खाने समय तथा अन्य अवसरहरू मिलाएर दिनमा तीन-चार पटक छोरीलाई हेर्न आउने गरेको बताउँछन् । तर, आर्थिक अभावका कारण छोरीको सम्पूर्ण उपचार सहज रूपमा गराउन नसकेको उनी बताउँछन् ।
“यदि पैसा भएको भए, छोरीको उचित उपचार गराउन सक्थें र उनको जीवन रक्षा गर्न सक्थें,“ राम भन्छन् । परिवारका अनुसार, तीनै तहका सरकार, समाज तथा अस्पतालहरूबाट सहयोग प्राप्त भए मात्र रचनाको उपचार सम्भव हुनेछ । त्यसैले, राम परिवारले सबैलाई सहयोगको अपिल गरेका छन् । सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाहरूले रचनाका पिता श्रवण रामसँग मोवाईल नम्बर ९८१९८३१९२० मा सम्पर्क गर्न सक्ने परिवारले अनुरोध गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच