
लण्डन । किलियन एमबाप्पेसहित रियल मड्रिडका तीन खेलाडीलाई युरोपेली फुटबल महासंघ (युइएफए)ले जरिवाना गरेको छ । च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा एट्लेटिको मड्रिडविरुद्धको जितपछि उनीहरूले दर्शाएको व्यवहारका कारण युइएफएले कारबाही गरेको हो ।
फ्रान्सेली फरवार्ड एमबाप्पेलाई ३० हजार युरो, जर्मन डिफेन्डर एन्टोनियो रुडिगरलाई ४० हजार युरो र मिडफिल्डर डानी सेबालोसलाई २० हजार युरो जरिवाना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । रुडिगर र एमबाप्पेलाई एक खेलको प्रतिबन्धसमेत लगाइएको छ ।
तर, यो प्रतिबन्ध च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा लागू हुनेछैन । युइएफएले विस्तृत आरोप खुलाएको छैन । तर, यी खेलाडीले अनुशासन संहिताअन्तर्गतको अनुच्छेद ११ उल्लंघन गरिएको उल्लेख गरेको छ, जसमा शिष्ट र सभ्य व्यवहार अपेक्षित हुन्छ । १२ मार्चमा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा रियलले पेनाल्टी सुटआउटमा एट्लेटिकोलाई हराएको थियो । खेलपछि रियलका खेलाडीले समर्थकहरूमाथि उत्तेजक प्रतिक्रिया जनाएका थिए । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच