
काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । एन्फा मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा प्लानिङ ब्वाइजले सरस्वती युथ क्लबलाई तीन-शून्य गोलले हरायो । पाँचौं जित निकाल्ने क्रममा प्लानिङले सरस्वतीविरुद्ध एकपक्षीय प्रदर्शन गरेको थियो ।
प्लानिङ ब्वाइजलाई जित दिलाउन सुजन डंगोलले दोस्रो मिनेटमै गोल गर्नुभयो । यस्तै, सरोज कार्कीले ७३औँ र फागुराम थारूले ८२औँ मिनेटमा गोल गर्नुभएको थियो । सरस्वतीको गोल फर्काउने प्रयास सफल बन्न सकेन । जितसँगै शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइजले पाँच खेलबाट १५ अंक बनाएको छ । लगातार तेस्रो हार खेपेको सरस्वतीको समान खेलबाट ६ अंक छ ।
लिगको विजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच