
लण्डन । इंग्लिस प्रिमियर लिग क्लब आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुगेको छ । डेक्लान राइसले दोस्रो हाफमा उत्कृष्ट दुई गोल गरेपछि आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनल नजिक पुगेको हो । स्पेनिस क्लब रियल मड्रिडविरुद्धको पहिलो लेगमा आर्सनल ३-० ले विजयी भएको हो ।
एमिरेट्स स्टेडियममा मंगलबार राती भएको क्वाटरफाइनलको पहिलो लेगमा राइसले ५८औँ मिनेटमा पहिलो फ्रिकिक गोल गर्दै खेलमा अग्रता दिलाउनुभएको थियो । त्यसपछि ७०औँ मिनेटमा अर्को सानदार फ्रिकिकमार्फत् दोस्रो गोल गर्नुभयो । मिकेल मेरिनोले ७५औँ मिनेटमा तेस्रो गोल थप्नुभयो । म्याचको अन्त्यतिर मड्रिडका मिडफिल्डर एडुआर्डो कामाभिंगा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनुभएको थियो । उहाँले अप्रिल १६ मा सान्टियागो बेर्नबेउमा हुने दोस्रो लेग खेल गुमाउनुहुने भएको छ ।
आर्सनलको २००८/०९ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको हो । दोस्रो लेग साबिक विजेता रियलको मैदानमा हुनेछ । अर्को क्वाटरफाइनलको पहिलो लेगमा इन्टर मिलानले बार्यन म्युनिखलाई २-१ ले हराएको छ । बार्यनलाई हराएसँगै इन्टर मिलानको ‘ट्रिबेल’ उपाधि जित्ने सपना अझै पनि जीवित छ । मिलानले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बार्यन म्युनिखलाई उसकै घरेलु मैदानमा २-१ ले पराजित गर्दै ठूलो जित दर्ता गरेको हो । यो बार्यनको करिब चार वर्षपछि घरेलु मैदानमा भएको पहिलो युरोपेली हार हो । अब अर्को हप्ता सान सिरोमा हुने दोस्रो लेगमा बार्यनसँग इन्टर पुनः भिड्नेछ । विजेताले बार्सिलोना वा बोरुसिया डर्टमुन्डसँग सेमिफाइनल खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच