
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को इन्डक्ल्याप गरिएको छ । गत फागुन १८ गते बूढानीलकण्ठ मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको चलचित्र ३६ दिनमा मंगलबार प्याकअप भएको हो । चितवन र हेटौंडामा छायांकन भएको चलचित्रलाई कथाले मागेको लोकेसनमा चाहेजसरी खिचिएको निर्देशक सुरेन्द्र पौडेलले जानकारी गराउनुभयो ।
छायांकन सुरु नहुँदै अर्को वर्ष (२०८२)को लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो चलचित्रमा दयाहाङ राई र विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतको अभिनय छ ।
आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ भने ‘पूर्णबहादुरको सारंगी’का लेखक महेश दवाडीको पटकथा तथा संवाद छ । यसमा मानकृष्ण महर्जनको डिओपी, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा प्रदीप लामाको कोरियोग्राफी छ भने सम्पादन निर्देशक पौडेल स्वयंले गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच