
रोम । युरोपा लिग क्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले बराबरीमा चित्त बुझाउनुपरेको छ । इन्ज्युरी समयमा सम्हालिन नसकेपछि युनाइटेड लियोनसँग २-२ को बराबरीमा रोकिएको हो । दुवै टोलीले समान एकपटक अग्रता बनाएको खेल रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गर्नुभएको हो ।
थियागो आल्माडाले २५औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि लेनी योरोले पहिलो हाफको इन्ज्युरी समयमा हेडर गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याउनुभयो । ८८औं मिनेटमा जोसुआ जिक्र्जीको हेडरले फ्रान्समा कडा संघर्षपछि युनाइटेडले २-१ को जित निश्चित गर्ने देखिएको थियो ।
तर, इन्ज्युरी समयमा बराबरी गोल खाएपछि जितबाट बञ्चित भएको थियो । अर्को प्रिमियर लिग टोली टोटनहृयामले घरेलु मैदानमा इन्ट्राक्ट फ्रान्कफर्टसँग १-१ को बराबरी खेलको हो । क्वार्टरफाइनलको पहिलो लेगमा एफके बोडोले लाजियोलाई २-० ले हरायो भने रेन्जर्स र एथलेटिको क्लब गोलरहित बराबरी खेलेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच