
एजेन्सी । टोटनहृयामले वर्षौंदेखिको उपाधि खडेरी तोड्ने आशा कायमै राखेको छ । नर्थ लन्डनमा खेलमा युरोपा लिगको क्वार्टरफाइनलको पहिलो लेगमा फ्र्यांकफर्टसँग १-१ को बराबरी खेल्दै टोटनहृयामले उपाधिको खडेरी तोड्ने आशा कायमै राखेको हो ।
हृयुगो एकिटिकेबाट गोल खाँदै टोटनहृयाम सुरुवातमै पछि परेको थियो । तर, पेड्रो पोरोले पहिलो हाफमै उत्कृष्ट गोल गर्दै टोलीलाई बराबरीमा ल्याउनुभयो । दोस्रो हाफमा टोटनहृयामले लगातार आक्रमण गर्दै फ्र्यांकफर्टको गोल पोष्टमा दबाव बनाएको थियो । तर, जित निकाल्न सकेन ।
क्लबको सन् २००८ को लिग कपपछि पहिलो उपाधि जित्ने लक्ष्य जोगाउन अब पोष्टेकोग्लुले दोस्रो लेगमा अप्रिल १७ मा जर्मनीमा एक अविस्मरणीय जित निकाल्नुपर्नेछ । जसले यो समूह जित्छ, उसले सेमिफाइनलमा बोडो/ग्लिम्ट वा लाजियोसँग प्रतिस्पर्धा गर्नेछ । बोडो÷ग्लिम्टले पहिलो लेगमा लाजियोविरुद्ध २-० को अग्रता लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच