
काठमाडौँ। नयाँ बर्षको शुभारम्भ संगै नयाँ चलचित्रहरुकाे घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा चलचित्र 'पुष्पलता' बन्ने औपचारिक घोषणा गरिएको हो । सुनील निउरेको लेखन तथा निर्देशनमा बन्ने चलचित्र लभ स्टोरी जनरामा बन्नेछ । चलचित्रमा काम गर्ने प्रमुख पात्र को-को हुन् भन्ने अहिले निर्माण टिमले खुलाएको छैन ।
पछिल्लो समय बनि रहेको प्रेमकथा भन्दा फरक प्रेम कथामा चलचित्र 'पुष्पलता' बन्ने लेखक तथा निर्देशक निउरेले बताए । थुप्रै चलचित्रमा सहायक निर्देशन तथा लेखकको रुपमा काम गरि सकेका निउरेको ठुलो पर्दामा यो डेब्यु चलचित्र हो ।
चलचित्रको दुइ वटा थिम पोस्टर समेत सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरले पनि चलचित्र प्रेमकथामा बन्ने झलक दिएको छ।
चलचित्रमा कास्टिङ डाइरेक्टर संजोग रसाइली रहेका छन् । चलचित्रमा हर्क साउदको शब्द शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ । प्रोडक्सन डिजाइनर प्रकाश हमाल रहेका छन् । लभ स्टोरी र पारिवारिक कथामा बन्ने चलचित्रको छायांकन आगामी भदौमा गर्ने तयारी रहेको छ । ड्रेस डिजाइनर बोनिका कार्की रीत खड्का रहेका छन् भने अन्य प्राविधिक टिम र कलाकार पछि सार्वजनिक गरिने ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनले जानकारी गराएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच