गायल राजेश पायल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकोे सद्भावना दूत

Read Time = 1 min

खोटाङ । गायक राजेश पायल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सदभावना दूत हुनुभएको छ ।

नगरपालिकाको वडा नम्बर १४ बुईपामा जन्मनु भएका राईलाई १९ चैतमा बसेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दुत बनाउने निर्णय गरेको मेयर तीर्थराज भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको छ ।

राष्ट्रिय स्तरका गायक राई हाम्रो नगरको शान-मान र स्वाभिमानको रुपमा हामीले लिएका छौ । हाम्रो निर्णयपछि राई नगरपालिकाको संमृद्धि र पहिचानका लागि नगर सद्भावना दुतको रुपमा सक्रिय रहनु हुनेछ ।

उहाँको नियमित हुने देश-विदेशको भ्रमणले दिक्तेल नगरपालिकाको पहिचान देश-विदेशमा अझ स्थापित हुनेमा हामी विस्वस्त छौ, - मेयर भट्टराईले भन्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?