काठमाडौ । एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।
श्रीलंकाको क्याण्डी मैदानमा शुरु हुने खेलको केही समय अघि टस भएको छ । भारतले टस जितेर ब्याटिङ गर्ने भएको छ । टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । पाकिस्तानले भारतविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।
नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्धन्द्धी पाकिस्तानसँग खेल्न आईपुगेको हो ।
खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ।
एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि प्रतिद्धन्द्धी भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा सो प्रतिस्पर्धा हुन लागेको हो । पाकिस्तानसँग राजनीतिक रुपमा समेत प्रतिद्धन्द्धी भारतले कुनै पनि खेल पाकिस्तानमा नखेली सबै खेल श्रीलंकामा खेल्दैछ।
एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच