स्वदेशी जुत्ता मेला सुरु

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जुत्ताचप्पल व्यापार प्रवद्र्धन मेला २०७९ सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित मेला उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले उद्घाटन गर्दै स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनुपर्ने बताउनुभयो । एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी ब्रान्डको प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, एसोसिएसनका पूर्वअध्यक्ष भीमलाल पौड्याल, होमनाथ उपाध्याय, प्रथम उपाध्यक्ष चोककुमार श्रेष्ठ, महासचिव ज्ञानेन्द्र दाहाललगायतको उपस्थिति रहेको थियो । मेला जेठ ८ सम्म सञ्चालन हुने मेला संयोजक सुरज बन्जाडेले जानकारी दिनुभयो ।

एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सयवटा स्टल रहेको बताइएको छ । एक्स्पोमा बेस ग्लोबल प्रालि, बेस फुटवेयर इन्डस्ट्रिज, शिखर सुज इन्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इन्डस्ट्रिज, शुभकामना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र सुज इन्डस्ट्रिज, रन सुज इन्डस्ट्रिज, स्मार्ट सुज, वान ओल्र्ड फुटवेयर, सुरभी पोलिमर्स, सम्राट सुज, नमस्ते फुटवेयर, ओएसिस फुटवेयर, किरण सुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?