प्रि-ओपन सेसनमा नेप्से १३.२८ अंक बढ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १३ अंकभन्दा बढी बढेको छ ।

आइतबार सो सेसनमा १३.२८ अंक बढेर नेप्से परिसूचक १८६६.०६ विन्दुमा पुगेको छ ।

यो सेसनमा ८३ कम्पनीको १९ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ५५ लाख ६ हजार २४ रुपैयाँ बराबरको भएको छ । जसमध्ये ६६ कम्पनीको मूल्य बढेको छ भने १२ को मूल्य घट्दा बाँकी ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?