नबिल दिगो बैंकिङ दोस्रो वर्षमा

Read Time = 2 mins

काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित, कृषि क्षेत्रको व्यावसायिकीकरण, उद्यमशीलता प्रवद्र्धन एवं सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन सुरु भएको ‘नबिल दिगो बैंकिङ’ ले एक वर्ष पूरा गरेको छ । एक वर्षमा नबिल बैंकमात्र नभई सिंगो नेपाली बैंकिङ जगत्मा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलका रूपमा स्थापित भएको बैंकको ठहर छ ।

सुरुदेखि नै हाइड्रोमा लगानीदेखि सहुलियत कर्जाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आएको नबिलले हालसम्म नेपालका विभिन्न भू-भागमा तथा वित्तीय क्षेत्रमा उल्लेखनीय सफलता हात पारेको जनाएको छ ।

नबिल दिगो बैंकिङअन्तर्गत वित्तीय पहुँच न्यून भएका आमजनतालाई लक्षित गर्दै दुई किसिमका नवीन कर्जा ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ । १७ दुर्गम शाखाबाट सुरु गरेको उक्त कर्जाअन्तर्गत २०७९ जेठसम्म कुल पाँच सय ७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड कर्जा उपलब्ध गराएको र तीमध्ये करिब छ हजार महिला रहेका बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?